दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघको शुभकामना आदान प्रदान । मन्त्री रेणु यादववाट समस्याको समाधान गर्ने आश्वासन ।। व्यवसायीहरुको चर्को चुनौति र समस्या

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ कार्तिक १५ गते, सोमबार ७:५६

काठमाडौं। नेपाल हेभी इक्विप्मेन्ट व्यवसायी महासंघको आयोजनामा महान पर्व तिहार, नयाँ बर्ष नेपाल संवत ११४२ तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम भएको छ। नेपाल सरकारका भौतिक, आवास तथा यातायात मन्त्री रेणु यादवको प्रमुख आतिथ्यतामा महासंघले शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो। आइतवार सांझ आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री यादवले नेपालमा हेभी इक्विप्मेन्ट व्यवसायीहरुले भोग्दैआएका विविध समस्याका विषयमा मन्त्रालयले सक्दो संवोधन गरेर जाने प्रतिवद्धदता व्यक्त गरेकी छन्।

हेभी इक्विप्मेन्ट व्यवसायीहरुले देशका विकास निर्माण कार्यमा अत्यन्त उल्लेखनिय कार्य गर्दैआएको मन्त्री यादवले दिल खोलेर तारिफ पनि गर्न चुकिनन्। महासंघका अध्यक्ष प्रेमलाल श्रेष्ठले कोरोना महामारीको यो दुई बर्षमा महासंघमा आवद्ध व्यवसायीहरुले धेरै नै चुनौति तथा अवरोधहरु भोग्नु परेको यथार्थता प्रकाश पार्दै त्यसको निराकरण गर्न महासंघ कटिबद्ध भएर लाग्दैआएको बताए । चर्को बीमा शुल्क तथा हेभी इक्विप्मेन्टको उचित पार्किङको व्यवस्थापन लगायतका विद्यमान समस्याको निराकरणका लागि संवन्धित निकायहरुमा ध्यानाकर्षण गर्ने र गराउने कार्य निरन्तर जारी भैरहेको पनि अध्यक्ष श्रेष्ठले प्रकाश पारेका थिए। कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, विक्रेता संघका तर्फवाट जैसीबीका सीइओ संजीव फोजा, महासंघका निवर्तमान अध्यक्ष तारावहादुर कुंवर लगायतले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको संयोजन महासंघका कोषाध्यक्ष सुनिल थापाले गरेका थिए। कार्यक्रमको कुशल संचालन महासंघका महासचिव सुरेश खत्रीवाट भएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु