दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

खेलकुद मन्त्रालयको परामर्श कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ कार्तिक १५ गते, सोमबार २०:०४

काठमाडौं, कात्तिक १५ गते ।
युवा तथा खेलकुद मन्त्रालयले आफू मातहतका निकायलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले राय परामर्श लिन सोमबार सिंहदरबारस्थित खेलकुद मन्त्रालयको सभाकक्षमा कार्यक्रम आयोजना ग¥यो ।
खेलकुद मन्त्री महेश्वरजंग गहतराजको सक्रिएतामा भएको कार्यक्रममा पूर्व खेलकुद मन्त्रीलगायत सराकोर निकायका प्रतिनिधिहरुलाई आमन्त्रण गरिएको थियो । कार्यक्रममा खेलकुदका पूर्व मन्त्री जगतबहादुर सुनार(विश्वकर्मा), पूर्व राज्यमन्त्री गोपी अछामी, पूर्व सहायक मन्त्री चन्दा चौधरी तथा खेलकुद मन्त्रालयसंग सम्बन्धित सरोकार निकायका प्रतिनिधिहरुको उपस्थिति थियो ।
कार्यक्रममा युवा तथा खेलकुदको विकासका लागि श्रोत जुटाउने, युवा लक्षित कार्य गर्ने धेरै मन्त्रालय भएकाले एकिकृत रुपमा कार्यक्रम सञ्चालन र समन्वय गर्ने, युवाको क्षमता अभिबृद्धि तथा परिचालन गर्ने, युवालाई रोजगार, स्वरोजगार, उद्यमी बनाउनका लागि कोषबृद्धि गर्ने, नागरिकमा अनुशासन र स्वयंसेवकीय भावनाको विकासका लागि स्थानिय तहदेखि नै स्काउटको विकास गर्ने, खेलकुद पूर्वाधारहरुको गुणस्तरीय निर्माण तथा सम्पन्न गर्ने, खेल कौशल विकासका लागि खेलाडीलाई आधुनिक प्रशिक्षण गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना तथा सहभागिता, खेलाडीलाई उत्प्रेरित गर्ने, खेलकुदमा निजी क्षेत्रलाई आकर्षित गर्नेलगायतका विषयमा सहभागीले राय परामर्श दिएका थिए । सो अवसरमा विश्वकर्मा, अछामी र चौधरीलाई मन्त्री गहतराजले दोसल्ला ओढ्याइ सम्मान गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु