• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    अशोक पाकिस्तान जाँदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलवार १८:२९

    काठमाडौं, कात्तिक १६ गते ।
    सीओएसएस पाकिस्तान ओपन जी वान तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का बिहीबार पाकिस्तानको इस्लामाबाद जाने भएका छन् ।
    नोभेम्बर ६ देखि ८ तारिखसम्म हुने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अशोक पाकिस्तान जान लागेका हुन् । प्रतियोगितामा अशोकसहित नेपालबाट ६ निर्णायक सहभागी हुँदै छन् । त्यस्तै ६ खेलाडी, तथा १÷१ प्रशिक्षक र आफिसियल पनि सहभागी हुने छन् ।
    कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, बाल गीताञ्जली स्कुलका प्रिन्सिपल महेन्द्रराज घिमिरेलगायतले अशोकलाई ट्रयाक सुट प्रदान गरी एक कार्यक्रमबीच मंगलबार बिदाइ गरे । पाकिस्तान यात्राको सम्पूर्ण खर्च कागेश्वरी मनोहरा नगरपालिकाले प्रायोजन गरेको अशोकले जानकारी गराए ।
    आफ्नो करियरमा अशोकले अनलाइनसहित करिब ६० अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । नेपालमा ग्योरोगी, पुम्से र पारा तीनै विधामा निर्णायकको लाइसेन्स प्राप्त गर्ने अशोक एक मात्र निर्णायक हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु