• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    पारामाउन्टद्वारा पदक विजेता सम्मानित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलवार १८:३२

    काठमाडौ ।बानियाँटारस्थित पारामाउन्ट एकेडेमीले चेम्निज अन्तर्राष्ट्रिय ओपन कराते च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई मंगलबार सम्मान गरेको छ । विजयादशमी र तिहारको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान तथा साँस्कृति कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।
    जर्मनीमा अक्टोबर २ तारिखमा भएको प्रतियोगितामा ३ नेपाली पुरुष खेलाडीले सहभागिता जनाएका थिए । तीनै खेलाडी दोहोरो पदक जित्न सफल भएका थिए ।
    दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणका दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठले चेम्निज ओपनमा पनि दोहोरो स्वर्ण जितेका थिए । त्यस्तै १३ औं सागका कांस्य विजेता मुकुन्द्र महर्जनले १ स्वर्ण र १ कांस्य जित्न सफल भएका थिए । सुमन तिमल्सिनाले पनि १ स्वर्ण र १ कांस्य हात पारेका थिए । सुमन पारामाउन्ट एकेडेमीकै प्रशिक्षक हुन् । सोही अवसरमा प्रतियोगितामा अफिसियलका रुपमा रहभागी स्वच्छम गुरुङ पनि सम्मानित भए ।
    नेपाली कांग्रेसका नेता जगदीश्वरनरसिंह केसी, पारामाउन्ट एकेडेमीका प्रिन्सिपल मुकुन्दप्रसाद पाण्डेलगायतले उनीहरुलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु