• पछिल्लो २४ घण्टामा देशैभरी गरिएको १० हजार २८७ नमुना परीक्षणमा ४६९ जनामा कोरोना संक्रमण पुष्टि

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलवार २०:०६

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको १० हजार २८७ नमुना परीक्षणमा ४६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ९९, ललितपुरमा ३६ र भक्तपुरमा ५ जना गरी उपत्यकामा २२८ कोरोना संक्रमित थपिएका हुन् ।

    आज थपिएका ४६९ कोरोना संक्रमितसँगै हालसम्म संक्रमित हुनेको संख्या ९ लाख ८ हजार १०७ पुगेको छ भने तीमध्ये आज निको भएका ५५५ जनासँगै हालसम्म निको हुनेको संख्या ७ लाख ९२ हजार ८३२ पुगेको छ ।
    हालसम्म निको हुनेको यो संख्या ९७.५ प्रतिशत हो ।

    त्यस्तै हाल देशैभरी ९ हजार १७४ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ८ हजार ४६८ जना होम आइसोलेशन र २४१ जना ७०६ जनाको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशनमा उपचार भइरहेको छ । हाल देशैभरीका अस्पतालका आइसीयुमा २४१ जना र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    पछिल्लो २४ घण्टामा देशैभरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ११ जनासँगै हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ४२७ पुगेको छ ।

    नेपालमा हालसम्म १ करोड ६० लाख ४ हजार १२७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ती मध्ये ८६ लाख ७९ हजार १९८ जनाले पहिलो मात्रा र ७३ लाख २४ हजार ९२९ जनाले दुवैमात्राको खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु