• काठमाडौं जिल्लामा राती ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार १०:१८

    काठमाडौं । काठमाडौं जिल्लामा राती ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज विज्ञप्ति जारी गर्दै कोभिड–१९ संक्रमण हुन नदिन स्वास्थ्य मापदण्ड पालना गर्दैै देउसी खेल्न पाइने सूचना जारी गरेको हो ।

    पटका, आतसवाजीजस्ता विस्फोटक एवं प्रज्वलनशिल पदार्थ उत्पादन, ओसारपोसार, विक्री वितरण तथा प्रयोग नगर्न समेत प्रशासनले निर्देशन दिएको छ ।देउसी भैलो खेल्दा राती ९ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्णरुपमा गर्ने र यस्ता कार्यक्रम गर्दा शान्तिपूर्णरुपमा गर्न पनि प्रशासनले भनेको छ । कोभिड–१९ को जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न समेत प्रशासनले भनेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु