• बैंक अफ काठमाण्डू लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा श्रवण लाल मास्के नियुक्त

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार १९:१९

    काठमाडौ ।बैंक अफ काठमाण्डु लिमिटेडले बैंकको प्रमुख कार्यकारी अधिकृतमा श्री श्रवण लाल मास्केज्युलाई नियुक्त गरेको छ । मिति २०७८ साल कार्तिक १७ गते बुधबार बसेको संचालक समितिको बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृतमा श्रवण लाल मास्केज्यूलाई नियुक्त गरेको हो । नवनियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत श्री मास्केज्यूले विगत ३ महिना अघि देखि बैंकको कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा यस बैंकको नेतृत्व गर्दै आउनुभएको थियो ।

    मास्केले यस बैंकको दीर्घकालिन व्यावसायिक योजना,रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएको छ । सन् १९८५ मा श्री नबिल बैंक लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुभएका श्रवण लाल मास्केज्यूसंग तीन दशक भन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव रहेको छ जसले उहाँलाई यस बैंकिङ्ग क्षेत्रमा एक अनुभवी तथा कुशल ब्यवस्थापकको रुपमा स्थापित गराएको छ ।

    नवनियुक्त बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्केज्यूले आफ्नो कार्यकालमा बैंक अफ काठमाण्डू लिमिटेडलाई थप सबल, सफल तथा अझै सुदृढ बैंकको रुपमा स्थापित गराउन आफ्नो प्रमुख भुमिका रहने जानकारी गराउनु भयो । बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु