• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    पछिल्लो २४ घण्टामा देशैभरी ३५६ जना कोरोना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार १८:४७

    काठमाडौं । आज देशैभरी ३५६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार आज देशैभरी गरिएको ६ हजार ३८४ नमुना परीक्षणमा ३५६ जना कोरोना संक्रमित थपिएका छन् ।

    आज थपिएका ३५६ जनासँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ८ हजार ९१० पुगेको छ ।
    त्यसैगरी पछिल्लो २४ घण्टामा निको भएका ५१८ जनासँगै हालसम्म निको हुनेको संख्या ७ लाख ९३ हजार ७८९ पुगेको छ ।

    हाल देशैभरी ८ हजार ८९० जना सक्रिय संक्रमित रहेका छन् ती मध्ये होम आइसोलेशनमा ८ हजार २३३ जना र संस्थागत आइसोलेशनमा ६५७ जनाको उपचार भइरहेको छ ।

    त्यस्तै हाल देशैभरीका अस्पतालका आइसीयुमा २१५ जना र भेन्टिलेटरमा ५७ जनाको उपचार भइरहेको छ ।
    स्वास्थ्य मन्त्रालयका अनुसार आज २ जनाको मृत्यु भएसँगै हाल कोरोेनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४३६ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु