• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    महाकवि देवकोटाको ११३ औँ जन्मजयन्ती सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार ०६:०८

    २०७८ कार्तिक १७ गते, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीका अवसरमा बुधवार ‘व्यक्तित्व चर्चा र रचनावाचन कार्यक्रम’को आयोजना गरिएको छ । कार्यक्रम सुरु हुनुअगि प्रज्ञा परिसरमा अवस्थित महाकवि देवकोटाको प्रतिमामा कुलपति गङ्गाप्रसाद उप्रेती, सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्याय, प्राज्ञ परिषद्का सदस्यहरू, महाकवि देवकोटापुत्र प्रा.डा. पद्मप्रसाद देवकोटा, पुत्री अम्बिकादेवी रिमाल लगायतले माल्यर्पण तथा पुष्पगुच्छा अर्पण गरी महाकविप्रति श्रद्धासमुन अर्पण गर्नुभएको थियो ।
    कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कुलपति उप्रेतीले महाकवि देवकोटा नेपाली साहित्यका विराट प्रतिभा भएको उल्लेख गर्नुभयो । उहाँले नेपाली साहित्यलाई विश्वमा परिचित गराउन महाकवि देवकोटाको अत्यन्त महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले महाकवि देवकोटा सङ्हग्रहालय पुनःनिर्माणको कार्य अगाडि बढिरहेको र अर्को सालको भानु जयन्तीमा उक्त सङ्ग्र्रहालयको उद्घाटन गर्ने योजना रहेको बताउनुभयो ।
    उपकुलपति डा. जगमान गुरुङले महाकवि लक्ष्मीप्रसाद देवकोटा विशिष्ट साधक भएको विचार व्यक्त गर्नुभयो । उहाँले महाविद्वान् राहुल सांस्कृतायनले समेत महाकवि देवकोटाको उच्च प्रशंसा गर्नुभएको प्रसङ्ग जोड्दै महाकवि देवकोटाको योगदानलाई चीरस्थायी राख्न सरोकारवाला सबै गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो ।
    सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले महाकवि देवकोटाको व्यक्तित्व र कृतित्वको विशद् चर्चा गर्नुहुँदै उहाँ नेपाली साहित्यका विशिष्ट र शिखर प्रतिभा भएको बताउनुभयो ।
    कार्यक्रमका सभाध्यक्षसमेत रहनुभएका साहित्य (पद्य÷काव्य) विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले कोभिड–१९ को त्रास अझै रहिरहेकाले थोरै तर गुणात्मक सहभागितामा कार्यक्रम आयोजना गर्नुपरेको बताउनुभयो । उहाँले महाकवि देवकोटाको व्यक्तिचर्चा र उहाँका प्रतिनिधिमूलक रचनावाचनले कार्यक्रमलाई साथर्क तुल्याएको विचार व्यक्त गर्नुभयो ।
    प्राज्ञ परिषद् सदस्य डा. देवी नेपालले देवकोटाका प्रवृत्ति झल्किने रचनाहरूका अंश वाचन गर्नुभएको थियो । यसै गरी देवकोटाकी पनातिनी तथा कवि मञ्जिला अनिलले महाकवि देवकोटाको कविता ‘यात्री’ र कवि सविता बरालले ‘शाकुन्तल’ महाकाव्यभित्रका केही अंश वाचन गर्नुभएको थियो ।
    कार्यक्रममा वरिष्ठ वाङ्मय अन्वेषक प्रा. मोहनप्रसाद खनालले नेपालले चिन्नुअगि नै महाकवि देवकोटालाई विश्वले चिनिसकेको बताउनुभयो । उहाँले सन् १९८८ मा अमेरिका गएका बेला त्यहाँको एउटा गाउँमा रहेको एक अमेरिकी नागरिकको घरमा महाकवि देवकोटाका पुस्तकहरू र अमेरिकी खोज–अन्वेषकलाई देवकोटाले दिनुभएको लामो अन्तर्वार्ताको अडियो रेकर्ड फेला पारेर ल्याएको सुनाउँदै भन्नुभयो– “त्यो सामग्री संरक्षणको आवश्यक व्यवस्था भएमा म त्यो सामग्री प्रज्ञा–प्रतिष्ठानलाई हस्तान्तरण गर्न तयार छु ।”
    कार्यक्रममा महाकवि पुत्र प्रा.डा. पद्मप्रसाद देवकोटाले सरकारको निर्णयअनुसार महाकवि देवकोटाको मैतीदेवीस्थित घर कविकुञ्जलाई नेपाल प्रज्ञा–प्रतिष्ठानले सङ्ग्रहालयका रूपमा पुनः निर्माण गरिरहेकामा प्रशन्नता व्यक्त गर्नुभएको थियो । कार्यक्रम प्राज्ञ सभा सदस्य तथा सञ्चार संयोजक शशी लुमुम्बूले सञ्चालन गर्नुभएको थियो ।
    सो अवसरमा कुलपति उप्रेतीले प्रज्ञा परिसरमा रहेको प्रज्ञा चमेना गृह छेउमा नवनिर्मित पुस्तक विक्री कक्षको उद्घाटन गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु