• भाइटीकाको उत्तम साइत भोलि ११ बजेर २ मिनेटमा : यस्तो छ नेपाल पञ्चाङ्ग निर्णायक समितिको निर्णय

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ कार्तिक २०७८, शुक्रबार १९:०२

    काठमाडौँ । यसवर्षको तिहारको भाइटीका शनिबार लगाइँदैछ । बिहान ११ बजेर २ मिनेटमा टीकाको शुभसाइत रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताएका छन् ।

    सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने जनाइएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २० गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटिका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु