• कोभिड-१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन प्रधानमन्त्रीको आग्रह

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार ०८:२४

    २० कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि कोभिड-१९को जोखिम कायमै रहेको र सबै नागरिकलाई पूर्ण खोप लगाई नसकिएको हुँदा कोभिड-१९ विरुद्धका स्वास्थ्य मापदण्डलाई पालना गर्दै यस पर्वलाई खुशीयालीका साथ मनाउन हार्दिक अनुरोध गरेका छन् ।

    भाइटीकाका अवसरमा आज शुभकामना सन्देश दिंदै प्रधानमन्त्री देउवाले सरकारको निरन्तर प्रयास र नेपाली दिदीबहिनी तथा दाजुभाइको सहयोगले कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यमा उल्लेख्य प्रगति हासिल भएको उल्लेख गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु