• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    डिबी लामाको‘आपा–आमा’बोलको गीत बजारमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार ०८:४४

    काठमाडौँ । रोशी गाउँपालिकाका प्रमुख डिबी लामाको‘आपा–आमा’बोलको गीत बजारमा आएको छ । बिहीवार काभ्रेको धुलिखेलस्थित मिराबेल होटलमा पत्रकार सम्मेलन गरी उक्त गीत सर्वजानिक गरिएको हो ।पत्रकार सम्मेलनमा उपस्थित
    हुनेहरुको मन रसाएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथी बौद्ध धर्म गुरु तथा चर्चित गायिका आनी छोइङ डोल्मोले उक्त म्युजिक भिडियो बिमोचन गर्दै सफलताको शुभकामना व्यक्त गर्नुका साथै यस्ता भिडियोले समाजमा सकरात्मक सन्देश दिने बताए ।

    चन्द्रदेव मोक्तान फाउण्डेशनले निर्माण गरिएको छ । उक्त म्युजिक भिडियोमा तामाङ चलचित्र संघका अध्यक्ष एंव मेगास्टार कुमार मोक्तानको मुख्य अभिनयरहेको छ भने चाँदनी मोक्तान, रोशन फ्युबा, सोनाम लामा र अस्मिता तामाङकोअभिनय देख्न सकिन्छ ।

    कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लामाले प्रतिष्ठानको
    तर्फबाट मंगल जनविजय माविमा इन्जीनियरीङ विषय लिएर अध्ययन गर्ने २ जना विद्यार्थीलाई पूर्ण छात्रबृत्तिको व्यवस्था गर्ने समेत प्रतिबद्धता जाहेर गरे । साथै अध्यक्ष लामाले आफ्ना आमा बुवा जिवित भगवान भएको बताए ।उनले आफ्ना आपा–आमा लाई जिवित हुँदा नै माया र ममता गर्नु पर्नेमा जोडदिए ।

    गीतमा रोशी गाउँपालिकाका प्रमुख डिबी लामाले लेखेका हुन । अमृत लामाको संगीत र स्वर, पवन वाङ लामाको संगीत संयोजन, दिपेश प्रधानले मिक्सिङ गरेको उक्त गीतको म्युजिक भिडियोलाई रोशन फ्युबाले ड्रोन छायांकन,लक्ष्मण घिमिरे र रोशन फ्युबाले छायांकन गरेका हुन । भिडियोलाई उनैमेगास्टार कुमार मोक्तानले निर्देशन गरेका हुन ।

    कार्यक्रममा पत्रकार,समाजसेवी, राजनितिकर्मी, सुरक्षाकर्मी एव
    कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु