• हेर्नुस् कस्तो होला आजको मौसम

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ कार्तिक २०७८, आईतवार १०:४७

    काठमाडौं, कार्तिक २१ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली बाहेक अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

    आज देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    त्यस्तै, प्रदेश नं १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेकोसमेत महाशाखाले उल्लेख गरेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    भोलीसम्म प्रदेश नं १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरूमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु