दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

रसुवा माउन्टेन बाइक मंसिर १८ मा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ कार्तिक २२ गते, सोमबार १७:२८

काठमाडौ ।प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र रसुवा जिल्ला साइक्लिङ संघको संयुक्त आयोजनामा प्रथम हाइ अल्टिच्युट रसुवा माउन्टेन बाइक च्यालेन्ज रसुवामा मंसिर १८ गते हुने भएको छ ।
प्रतियोगितामा पुरुषतर्फ इलिट, जुनियर र मास्टर्स तथा महिलामा इलिट विधामा प्रतिस्पर्धा हुने रसुवा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका आयोजक साइक्लिङ संघका अध्यक्ष दावा तामाङले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सबै विधामा गरी करिब १ सय ५० खेलाडीको सहभागिता अपेक्षा गरिएको छ ।
इलिटतर्फ शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः ४० हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्रदान गरिने छ । शीर्ष १० स्थानमा आउनेलाई पनि नगद पुरस्कार राखिएको छ । मास्टर्स र जुनियरका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ७ हजार नगद पुरस्कार पाउने छन् ।
रसुवा जिल्ला खेलकुद विकास समिति र नेपाल साइक्लिङ संघको समन्वयमा हुने प्रतियोगिताको दूरी ३५ किलोमिटर रहेको छ ।
पत्रकार सम्मेलनमै दुई आयोजकबीच सम्झौता पत्रमा हस्ताक्षर पनि भयो । परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी र रसुवा साइक्लिङ संघका अध्यक्ष दावा तामाङले सम्झौता पत्रमा हस्ताक्षर गरे । सदस्य–सचिव भण्डारीले प्रतियोगिताका लागि परिषद्ले १० लाख उपलब्ध गराउने बताए । प्रतियोगिता सञ्चालन गर्न करिब २१ लाख खर्च हुने बताइएको छ ।
सदस्य–सचिव भण्डारीले खेलकुद मार्फत पर्यटनलाई पनि बढावा दिने उद्देश्यका साथ परिषद्ले हाइ अल्टिच्युट प्रतियोगितालाई महत्व दिएको बताउदै यसअघि दोलखामा रेस्लिङ सम्पन्न भइसकेको र कात्तिक २७ मा सिन्धुपाल्चोकको पाँच पोखरीमा हाइ अल्टिच्युट हाफ म्याराथन हुन लागेको जानकारी गराए ।
नेपाल साइक्लिङ संघका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतिले सरोकार निकायसंग समन्वय गरी प्रतियोगिता आयोजना गर्न लागेकोमा खुशी व्यक्त गर्दै आयोजकलाई धन्यवाद दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु