• हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदीको मूल्य

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार ११:१०

    काठमाडौं, २४ कात्तिक । नेपाली बजारमा आज पहेलो धातुको भाउ बृद्धि भएको छ । मंगलबार २ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँ कायम भएको सुनको मुल्य आज ४ सयले बृद्धि भएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, मंगलबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा किनबेच भएको तेजाबी सुन बुधबार (आज) ९२ हजार २ सय रुपैयाँमा खरिद विक्रि भैरहेको छ ।

    महासंघको अनुसार आज चाँदीको मुल्य भने स्थिर रहेको छ । मंगलबार प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मुल्यमा कारोबार भैरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु