• नेप्से आज ५९.५७ अंकले घटेर दुई हजार ६ सय ९० दशमलब २९ विन्दुमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार १५:२१

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबाको अन्तिम दिन आज बिहिबार उच्च अंकको गिरावट भएको छ । नेप्से आज ५९.५७ अंकले घटेर दुई हजार ६ सय ९० दशमलब २९ विन्दुमा पुगेको छ । त्यस्तै, आज नेप्सेमा ५ अर्ब ११ करोड ९६ लाख बराबरको कारोबार भएको छ । मंगलबार साढे ६ अर्ब भन्दा बढीको कारोबार भएको थियो ।

    नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने तेह्रथुम पावर कम्पनी र महिला लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यी कम्पनीहरुको शेयरमूल्य आज सर्किट लेभलमा बढेको छ ।

    त्यस्तै, आज आइसीएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार महिला लघुवित्त वित्तीय संस्था भएको छ । यस बैंकको आज ४७ करोड भन्दा बढीको कारोबार भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु