• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    पछिल्ला २४ घण्टामा गरिएको १२ हजार ६५३ नमुना परीक्षणमा ३१७ जना नयाँ संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहीबार १९:५४

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशैभरी ३१७ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा गरिएको १२ हजार ६५३ नमुना परीक्षणमा ३१७ जना नयाँ संक्रमित थपिएका हुन् ।

    आज थपिएका ३१७ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ११ हजार ५५ पुगेको छ ।
    त्यस्तै आज निको भएका २७९ जनासँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ९७ हजार ५९ पुगेको छ । निको हुनेको यो संख्या ९७.७ प्रतिशत हो ।

    त्यसैगरी आज देशैभरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयद्धारा जारी तथ्यांकमा उल्लेख छ । आज थपिएका ६ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४६६ पुगेको छ ।

    हाल देशैभरी ७ हजार ५३५ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ७ हजार १० जना होम आइसोलेशनमा रहेका छन् भने ५२५ जनाको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशनमा उपचार भइरहेको छ । साथै हाल १८८ जना आइसीयु र ५४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    नेपालमा हालसम्म १ करोड ६२ लाख ३७ हजार ६७१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । ती मध्ये ८७ लाख ५२ हजार ५६१ जनाले पहिलो मात्रा र ७४ लाख ८५ हजार ११० जनाले दोस्रो मात्राको खोप लगाएका छन् ।
    पछिल्लो २४ घण्टामा देशैभरी ५,४१६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको पनि स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु