• हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदीको मुल्य

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार ११:५६

    काठमाडौ । बिहीबार तोलामा एक हजार ३०० रुपैयाँ बढेर ९४ हजार रुपैयाँ पुगेको सुनको मूल्य शुक्रबार थप ४०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन तोलामा ४०० रुपैयाँले बढ्दै ९४ हजार ४०० रुपैयाँ पुगेको हो ।

    यस्तै तेजाबी सुनको मूल्य समेत शुक्रबार ४०० रुपैयाँले नै बढ्दै ९३ हजार ९०० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने गत बिहीबारको तुलनामा थप १५ रुपैयाँले वृद्धि हुँदै एक हजार २८५ रुपैयाँ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु