• युरोपेली मुलुकबाट मेडिकल अन्कोलोजिष्ट डा. अरुण शाहीलाई मान्यता प्राप्तनेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदैForget Imaginary Heavenशिल्पीको “ठुला माछा – साना माछा” को बालाजु वाईपासमा प्रदर्शनीआज २०७८ मंसिर १८ गते, शनिवार, तपाईंको दिन कस्तो छ ? हेर्नुस् राशिफलराप्रपाको एजेण्डालाई देशव्यापी रुपमा लाने भन्दै केन्द्रीय सदस्यमा उठे देवेन्द्र प्रधानकार्कीको २ सय २५ किलोमिटर दौडप्रकाशको मिश्रित प्रदर्शनगोल्डेनगेटलाई सफलताराष्ट्रिय अपाङ्ग कोषको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको ३० औँ अन्तराष्ट्रिय दिवस सम्पन्न

    पछिल्लो २४ घण्टामा देशैभरी ३९७ जना कोरोना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार १६:२३

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ३९७ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा गरिएको ११ हजार ६६ नमुना परीक्षणमा ३९७ जना नयाँ संक्रमित थपिएका हुन् ।

    आज थपिएका ३९७ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ११ हजार ४५२ पुगेको छ ।
    त्यस्तै आज निको भएका ३८९ जनासँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ९७ हजार ४४८ पुगेको छ । निको हुनेको यो संख्या ९७.७ प्रतिशत हो ।

    त्यसैगरी आज देशैभरी ३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयद्धारा जारी तथ्यांकमा उल्लेख छ । आज थपिएका ६ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४६९ पुगेको छ ।

    हाल देशैभरी ७ हजार ४९८ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ६ हजार ९४५ जना होम आइसोलेशनमा रहेका छन् भने ५५३ जनाको विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशनमा उपचार भइरहेको छ । साथै हाल १९० जना आइसीयु र ५७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    नेपालमा हालसम्म १ करोड ६३ लाख ३१ हजार ३६६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । ती मध्ये ८८ लाख ११ हजार ३३२ जनाले पहिलो मात्रा र ७५ लाख २० हजार ३४ जनाले दोस्रो मात्राको खोप लगाएका छन् ।

    पछिल्लो २४ घण्टामा देशैभरी ९३ हजार ६९५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको पनि स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु