• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    अभिलाषाको जोडी पहिलो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार १७:४७

    काठमाडौं, कात्तिक २६ गते ।
    नेपालकी अभिलाषा विष्ट र अमेरिकाकी तेलर ग्योइत्जले आईटीएफ पाकिस्तान अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन् ।
    पाकिस्तानको इस्लामाबादमा भइरहेको प्रतियोगिताको फाइनलमा अभिलाषा र तेलरको जोडीले रोमानियाकी डारिया स्टेफानिया र नेपालकी सर्वानी श्रेष्ठको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा सहजै पराजित गरे । त्यसअघि विजेता जोडीले सेमिफाइनलमा पाकिस्तानी जोडीमाथि पनि सहज जित निकाल्ने क्रममा ६–० र ६–१ को प्रदर्शन गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् ।
    ब्वाइज डबल्समा भने नेपाली जोडीले रजतमा चित्त बुझाए । नेपालबाट आरभसम्राट हाडा र अकि जुवेन रावतले प्रतिस्पर्धा गरेका थिए । उनीहरुलाई प्रतिस्पर्धात्मक फाइनलमा टर्कीका अहनेट अताबे र आयरल्यान्डका युनेश तलाबारको जोडीले ६–०, ३–६ र ११–९ को सेटमा हराए । सर्किट– १ शनिबारसम्म चल्ने छ । त्यसपछि सर्किट– २ का खेलहरु खेलाइने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु