दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हाम्रो एकसूत्रीय माग भनेको नै मूल्यवृद्धि फिर्ता हो, नभए आन्दोलन जारी रहन्छ : नेविसंघ महामन्त्री तिमल्सिना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ कार्तिक २६ गते, शुक्रबार १८:००

काठमाडौं, २६ कार्तिक । सत्तारूढ दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमल्सिनाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता नभएसम्म आफूहरको आन्दोलन जारी रहने बताएका छन् । उनले भने,‘हामी अहिले सुतेर बसेका छैनौं । आज क्लबका सभापति ऋषि धमलाले झक्झकाउनुभयो । पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि भएको छ । हामी संघर्षमा छौं । हामीले पटक पटक आयल निगमलाई आग्रह गरेका थियौं कि, मूल्यवृद्धि हुनुहुँदैन् । भएको मूल्यवृद्धि फिर्ता हुनुपर्छ ।’

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले को सत्तामा छ र को सत्ता बाहिर छ ? भनेर विद्यार्थी संगठनले अब आन्दोलन गर्ने वा नगर्ने भन्ने विषय नभएको पनि स्पष्ट पारे ।

उनले भने,‘यस्तो कुरा साथीहरुले पहिले गर्ने गरेका थिए, यो अघिको कुरा थियो । यो विद्यार्थी आन्दोलन सधैंभरिको स्थायी प्रतिपक्ष हो । हाम्रो एकसूत्रीय माग हो–यो मूल्यवृद्धि फिर्ता हुनुपर्छ। आयल निगमले गर्नसक्ने विषय धेरै छन् । स्वचालित मूल्यवृद्धि भन्दा अघि गएर अगाडि गएर मूल्यवृद्धि गरियो । आम उपभोक्ताको रोजगारी गुमेको छ । आम्दानी घटेको छ । मूल्य संचितीकरणको लागि खडा गरिएको कोष छ, यो रकम कहिलेको लागि हो ? कर उठाउने माध्यम यो ईन्धन मात्रै हो ? ८३ रुपैयाँमा किनेर १३६ रुपैयाँ लिने यो त गलत भयो नि ।’

उनले पेट्रोलियम पदार्थमा लगाईएको कर कटौती गर्नुपर्ने पनि धारणा राखे । उनले भने,‘आयल निगमले आवश्यक पहल गर्नुपर्छ । मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहन्छ ।’

समचार,तस्बिर रिपोर्टस क्लबबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु