• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    हाम्रो पार्टीका मन्त्रीहरुको कुर्सी जान्छ भनेपनि हामीलाई सरोकार छैन, तर मूल्यवृद्धि फिर्ता हुनैपर्छ : अध्यक्ष पञ्चा सिंह

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार १८:०५

    काठमाडौं, २६ कार्तिक । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले आफ्नो संगठन स्थापना कालदेखि नै न्याय र सत्ताको पक्षमा उभिँदै आएको भन्दै निगमले गरेको मूल्यवृद्धि तत्काल फिर्ता लिनुपर्ने बताईन् ।

    आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भनिन्,‘हाम्रो संगठनले प्रतिपक्षी आन्दोलनको विरासत बोकेको ईतिहास छ । नेपाल विद्यार्थी आन्दोलनको आजको रोग भनेको अन्ध विरोध र अन्ध समर्थन नै हो । जनताका विरुद्धमा गरिने लुटपाट र भ्रष्टाचारमा अन्धभक्त समर्थन पनि भएका छन्, अनि जनप्रिय कामको विरोध पनि भएका छन् । तर, हामी त्यसो गर्दैनौं । अहिले मेरो पार्टी सरकारमा छ, महँगी बढेको छ, मूल्यवृद्धि भैरहेको छ । यो जनविरोधी निर्णय हो । जनताको चुल्हो निभाउने निर्णय हो । जनताको पक्षमा विद्यार्थी आन्दोलन हो । जनताको सवाललाई हामी शीरमा राख्छौं । मूल्यवृद्धिको विरुद्धमा हामीले आन्दोलनका कार्यक्रम घोषणा गरेका छौं ।’

    उनले अहिले आफ्नो पार्टीका मन्त्रीहरुको कुर्सी जान्छ भने पनि आफूहरुलाई त्यो सरोकार नभएको भन्दै मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राखिने चेतावनी दिईन् । उनले भनिन्,‘जनताको जीवन निकै कष्टकर छ। मूल्यवृद्धि फिर्ता गर्न सकिन्छ, सरकारसँग धेरै विकल्प छन् । पहिलो विकल्प भनेको आयल निगमभित्रको भ्रष्टाचार नियन्त्रण गर्ने हो, दोस्रो भनेको निगमको चुहावट नियन्त्रण गर्ने, र तेस्रो विकल्प भनेको पेट्रोलियम पदार्थमा लगाईएको कर हटाउनुपर्छ । सरकारका अगाडि विकल्प नै विकल्प नै छ । मूल्यवृद्धि फिर्ता नभए हामी अर्को उत्कर्षको कार्यक्रम घोषणा गर्छौं ।’
    समचार,तस्बिर रिपोर्टस क्लबबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु