• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    आज २०७८ कार्तिक २७ गते शनिवारको राशिफल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार ०७:०३

    काठमाडौ ।२०७८ कार्तिक २७ गते शनिवार, १३ नाेभेम्बर २०२१। कार्तिक शुक्लपक्ष, नवमी तिथि, ९ः३९ बजेदेखि दशमी। शतभिषा नक्षत्र, १९ः४९ बजेदेखि पूर्वभाद्रपदा। चन्द्रराशि– कुम्भ।
    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

    मेष – ARIES
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। तर आजको लाभांश सञ्चय नहुन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। सरसापटमा धन बाहिरिन सक्छ।

    वृष – TAURUS
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

    मिथुन – GEMINI
    का, कि, कु, घ, ङ, छ, के, को, ह

    प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। भविष्यका लागि जग बसाउन सकिनेछ। सामाजिक काम गर्ने समय छ। तर, अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने देखिन्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला।

    कर्कट – CANCER
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। सामान्य काममा धेरै धन र परिश्रम खर्चनुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ।

    सिंह – LEO
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    माहोल रमाइलो रहनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार पाइनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। तर, विवादास्पद क्षेत्रमा लाग्नाले केही समस्या पनि आउन सक्छन्।

    कन्या – VIRGO
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काममा जुट्नाले मनग्य फाइदा हुनेछ।

    तुला – LIBRA
    र, रि, रु, रे, रो, ता, ति, तु, ते

    लगनशीलताले कामकाे अवसर दिलाउनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ र मिहिनेतकाे फल प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। तर, परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदा झमेला बेहोर्नुपर्ला।

    वृश्चिक – SCORPIO
    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताइरहनेछ। रुखो व्यवहार गर्नाले शुभचिन्तकहरू टाढिनेछन्। बेसुरमा वचन दिनाले अप्ठ्यारोमा परिएला। हडबडीले काम बिग्रन सक्छ। मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ। आफ्नाले समेत झुक्याएर फाइदा उठाउन सक्छन्।

    धनु – SAGITTARIUS
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। नयाँ कामतर्फ उत्साहित भइनेछ। मिहिनेतको फल प्राप्त हुनेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्य धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। विशेष उपहार प्राप्त हुनेछ।

    मकर – CAPRICORN
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।

    कुम्भ – AQUARIUS
    गु, गे, गो, सा, सि, सु, से, सो, द

    रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले काममा हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर समेत प्राप्त हुनेछ।

    मीन – PISCES
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु