दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

जापान बाट “एक बचन बोल्दैमा” भन्दै गायक सुदिप कुमार थकाली(भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ कार्तिक २७ गते, शनिबार १४:५२

काठमाडौँ – रक गायक सुदिप कुमार थकालीको नयाँ गित “एक बचन बोल्दैमा” को म्युजिक भिडियो सार्वजनिक भएको छ। विगत एक दशक देखि जापानमा बस्दै आएका रक गायक सुदिप सानै उमेर देखि गीत सङ्गीतका पारखी थिए। शास्त्रीय सङ्गीत देखि लिएर विभिन्न विधाका सङ्गीत कक्षा लिएर सम्पूर्ण विधामा पोख्त रक गायक सुदिप कुमार थकाली एक शालीन तथा मिलनसार स्वभावका छन्।

रक गायक सुदिप कुमार थकालीको स्वर, आँशु लामाको शब्द,सङ्गीत तथा नोर्बु शेर्पाको एरेन्ज रहेको छ । राम केसीले छायांकन गरेको भिडियोलाइ टेकेन्द्र शाहले निर्देशन तथा सम्पादन गरेका हुन्। म्युजिक भिडियोमा मोडल द्वय उषा उप्रेती र लोमुस शर्मालाइ फिचर्ड गरिएको छ।

यस गीतको म्युजिक भिडियोले दर्शक श्रोताहरूको मन जित्ने कुरामा विश्वास लिएका रक गायक सुदिप कुमार थकालीले “एक बचन बोल्दैमा” नेपाली साङ्गीतिक आकाशको रक गायनमा नौलो आयाम थप्ने कुरामा विश्वस्त छन् । साथै यो आफ्नो गीतको म्युजिक भिडियोलाई हेरेर दर्शक आफ्नो अमूल्य कमेन्ट गरी दिनुहुन पनि आग्रह गरेका छन्। आफू जहाँ रहे पनि संसारको जुनसुकै मुलुकमा रहे पनि नेपाली गीत सङ्गीतलाई

माया गर्दै भविष्यमा पनि यस्तै दर्शक श्रोताहरू माझ गीतहरू, म्युजिक भिडियो लिएर नेपाली संगतिक फाँटमा आउने कुरा उनी बताउछन। भिडियो हेर्नुहोस :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु