दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नयाँ व्यवस्थापनमा भेरिनिका व्यूटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टर शुभारम्भ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ कार्तिक २७ गते, शनिबार २०:०१

चितवन ।विगत लामो समयदेखि सौन्दर्य पेशामा रही काम गर्दै आउनु भएकी दिपिका श्रेष्ठ खड्कीले अत्याधुनिक एवम् सुविधा सम्पन्न तरिकाले नयाँ व्यवस्थापनमा नारायणगढस्थित मिलन मार्केट,शहीदचोकमा भेरिनिका व्यूटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरको शुभारम्भ गर्नुभएको छ ।

एक दशकदेखि सौन्दर्य पेशामा रही चितवन, नवलपरासी लगायतका जिल्लाहरुका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आउनु भएको थियो । भेरिनिका व्यूटी पार्लरमा माइक्रो ब्लान्डडिनेड,आई लेसेस एक्सटेन्सन, फेसियल, थैडिङ, हेयरकटिङ, हाइलाइट, कलर, मेनिकेयर पेडिङ, बेहुला बेहुली मेकअप मेहन्दी सम्बन्धि काम गरिने पार्लरकी सञ्चालिका दिपिका श्रेष्ठ खड्कीले बताउनु भयो ।

उद्घाटनको एक महिनासम्म २ वटा फेसियलमा एउटा फेसियल फ्रि, हेयर केराटिन प्रोटिनमा हाईलाईटस् फ्रि, नेल एक्सटेन्समा नेल आर्ट फ्रि, पेडिक्युरमा मेनिक्युर फ्रि, २ वटा किलिजिङमा एउटा किलिजिङ फ्रि, लेग वासमा ह्याण्ड वास फ्रि जस्ता विभिन्न सेवाहरुको आकर्षण रहेको खड्कीले बताउनुभयो । अबको समय भनेको ज्ञान, सिपको समय भएकोले त्यसलाई मध्यनजर गर्दै समयानुकुल व्यूटी पार्लर सम्बन्धि तालिमहरु समेत सञ्चालन गरिने उहाँले बताउनुभयो ।

करीब १५ लाख रुपैयाँको लगानीमा सञ्चालन भेरिनिका व्यूटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरले आफ्ना ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै पार्लर सम्बन्धि तालिमहरुसँगै पार्लर खोल्न चाहनेहरुलाई पार्लरका सामाग्रीहरु समेत सुपथ मूल्यमा उपलब्ध गराउने लक्ष्य लिएको खड्कीले बताउनुभयो । साथै ग्रुपमा तालिम लिन आउनेहरुको लागि समेत विशेष छुटको व्यवस्था गरिएको उहाँले बताउनुभयो । उद्घाटन कार्यक्रममा जिल्लामा रही विभिन्न व्यवसायिक, सामाजिक क्षेत्रमा योगदान पु¥याउनु भएका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु