• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    आज मिति २०७८ कार्तिक २८ गते आइतवारको राशिफल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ कार्तिक २०७८, आईतवार ०६:११

    काठमाडौ ।२०७८ कार्तिक २८ गते आइतवार, १४ नाेभेम्बर २०२१। कार्तिक शुक्लपक्ष, दशमी तिथि, ९ः०३ बजेदेखि एकादशी। पूर्वभाद्रपदा नक्षत्र, २०ः०३ बजेदेखि उत्तरभाद्रपदा। चन्द्रराशि– कुम्भ।
    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

    मेष – ARIES
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगले फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ। मध्याह्नपछि खर्चको मात्रा बढ्नेछ। खाँचाे टार्न कर्जा समेत लिनुपर्ला। धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुपर्नेछ। परिस्थितिवश आफन्तबाटै टाढिनुपर्ने अवस्था आउन सक्छ।

    वृष – TAURUS
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। सामाजिक दायित्व हातलागी हुनेछ। मध्याह्नपछि श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ।

    मिथुन – GEMINI
    का, कि, कु, घ, ङ, छ, के, को, ह

    परिस्थितिवश विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा थकान महसुस हुनेछ। अरूको बारेमा चासो लिँदा व्यर्थै झमेला बढ्न सक्छ। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ। साँझतिर स्थितिमा सुधार आउनाले अधुरो काम बन्नेछ। शुभचिन्तकहरूको साथ जुट्नाले नयाँ काम पनि सुरु हुनेछ।

    कर्कट – CANCER
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    कामको चाप बढ्नेछ। प्रक्रिया नपुग्नाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। काम पूर्ण नभए पनि मिहिनेतले लाभ दिलाउनेछ। प्रतीक्षा गरिएको उपलब्धि मध्याह्नपछि प्राप्त हुनेछ। व्यापारतर्फ पनि दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ।

    सिंह – LEO
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    साथीभाइको सहयोगले काममा हौसला जाग्नेछ। रमाइला क्रियाकलापमा सहभागी बन्ने अवसर जुट्नुका साथै मान–सम्मान प्राप्त हुने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। मध्याह्नपछि स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ।

    कन्या – VIRGO
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। साँझतिर प्रियजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

    तुला – LIBRA
    र, रि, रु, रे, रो, ता, ति, तु, ते

    प्रतीक्षित नतिजा कमजाेर देखिनाले नयाँ काममा अलमल हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न केही विलम्ब हुनेछ। तापनि मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। मध्याह्नपछि स्थितिमा सुधार आउनेछ भने सुखद समाचारले उत्साह जगाउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ।

    वृश्चिक – SCORPIO
    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    साथीभाइसँग सम्बन्ध चिसिनाले समस्या उत्पन्न हाेला। काम बिग्रने डरले सताउनेछ। बेसुरमा दिइएको वचनले पनि समस्या निम्त्याउन सक्छ। अरूको फाइदाका लागि उपयोग भइनेछ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। मध्याह्नपछि स्थितिमा सुधार आउनाले फाइदा हुनेछ। स्वास्थ्यबाधा हुनाले काममा साेचेकाे उपलब्धि नभए पनि बुद्धिको उपयोगले लाभ उठाउन सकिनेछ।

    धनु – SAGITTARIUS
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछन्। मध्याह्नपछि भने साथीभाइसँग विवाद हुने र आफ्नैबाट धाेका पाइने सम्भावना देखिन्छ। काम बिग्रने डरले पनि सताउन सक्छ।

    मकर – CAPRICORN
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या, धन आर्जन हुनेछ। सानो प्रयत्नले काम बन्नेछ। मध्याह्नपछि आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला।

    कुम्भ – AQUARIUS
    गु, गे, गो, सा, सि, सु, से, सो, द

    कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ। मध्याह्नपछि प्रशस्त धन आर्जन हुनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अवसरले पछ्याउने समय छ।

    मीन – PISCES
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ। भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभाव देखापर्न सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा हुने सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। मध्याह्नपछि आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। तारिफयोग्य कामले लाेकप्रियता दिलाउनेछ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु