बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

अधिराज्य मिडियाको आयोजनामा विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ कार्तिक २८ गते, आईतवार ०७:२०

काठमाडौं–अधिराज्य मिडिया नेटवर्कको आयोजनामा राजधानीमा बिहीबार साँझ ‘विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०७८’ सम्पन्न भएको छ । अवार्डमा विभिन्न विधामा रहेर स्रष्टालाई अवार्ड प्रदान गरिएको थियो । आयोजकले लामो समयदेखि नेपाली फिल्म र संगीत क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुलाई सम्मान र पुरस्कृत गरेको थियो ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, अभिनेता धिरेन शाक्य, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, अधिराज्य मिडियाका अध्यक्ष प्रताप भट्ट, अवार्ड संयोजक रामकाजी भूजेल ‘केवल’लगायतले स्रष्टालाई अवार्ड प्रदान गरेका थिए ।

अवार्डअन्तर्गत फिल्म विधामा फिल्म ‘सञ्जोग’का लागि निर्देशक वेदप्रसाद भुजेलले ‘उत्कृष्ट चलचित्र निर्देशक’, ‘मन्दिरा’का लागि नरेन खड्काले ‘उत्कृष्ट अभिनेता’, ‘लक्ष्मी रानी’का लागि सुभेक्षा थापाले ‘उत्कृष्ट अभिनेत्री’, ‘म त मर्छु कि क्या हो’को गीतका लागि राजेन्द्र बजगाईंले ‘उत्कृष्ट पाश्र्व संगीत’, ‘ब्याड ब्वाई’का लागि राजुजंग थापाले ‘उत्कृष्ट द्वन्द्व निर्देशन’, शंकर बस्नेतले ‘उत्कृष्ट प्रोडक्सन मेनेजर’, ‘आमा’का लागि दीर्घ खड्काले ‘उत्कृष्ट सम्पादक’, ‘धन्दागिरी’का लागि दिनेश खड्काले ‘उत्कृष्ट खलपात्र’, ‘लक्ष्मी रानी’का लागि धिरेन शाक्यले ‘उत्कृष्ट सह–अभिनेता’, कमल राईले ‘उत्कृष्ट नृत्य निर्देशक’, ‘भद्रगोल’की आशा भुषालले ‘उत्कृष्ट अभिनेत्री’ र मेकअप आर्टिष्ट राकेश रनपालले ‘उत्कृष्ट मेकअप आर्टिष्ट’को अवार्ड जिते ।

सुगम संगीत विधातर्फ ‘यस्तो माया’का लागि दीपक शर्माले ‘उत्कृष्ट संगीतकार आधुनिक’, ‘पर्दैन पर्दैन’का लागि वेनिशा पौडेलले ‘उत्कृष्ट गायिका आधुनिक’, ‘यस्तो माया’का लागि प्रताप दासले ‘उत्कृष्ट गायक आधुनिक’, ‘आटो पिठो’का लागि एलिजा गौतमले ‘उत्कृष्ट मोडल महिला’, ‘काँचुली’का लागि कमल सिंहले ‘उत्कृष्ट मोडल पुरुष’, ‘एक्लै हुँदा परदेशमा’का लागि साहिल खानले ‘उत्कृष्ट नवनिर्देशक’, ‘जेल पनि सहुँला’का लागि विष्णु खड्काले ‘उत्कृष्ट भिडियो सम्पादक’, अमृता कँडेल खकुरेलले ‘उत्कृष्ट मेकअप र फेसन डिजाइन’ अवार्ड जिते ।

त्यस्तै ‘त्यो तिम्रो चोखो प्रेमको’ लागि पुरुषोत्तम प्रधानले ‘उत्कृष्ट छाँयाकार’, ‘पानी कुवाको’का लागि अलिफ खानले ‘उत्कृष्ट पप गायक’, ‘सालघारी’का लागि रानी शाक्यले ‘उत्कृष्ट पप गायिका’, ‘सिरानीलाई’का लागि ओमप्रकाश राईले ‘उत्कृष्ट संगीतकार पप’, ‘ए काली भागौं यसपाली’का लागि दीपक आचार्य ‘काकु’ले ‘उत्कृष्ट निर्देश्क पप’, ‘तिमी नै’का लागि नविनकुमार पौडेलले ‘उत्कृष्ट लोक गायक’, ‘ओई मेरी’का लागि लक्ष्मी आचार्यले ‘उत्कृष्ट गायिका लोक’ र ‘तिमी नबुझी’का लागि विज्ञान राईले ‘उत्कृष्ट भिडियो निर्देशक आधुनिक’को अवार्ड पोल्टामा पारे ।

कार्यक्रममा अमरबहादुर विश्वकर्मालाई निर्देशनतर्फ र भुपेन्द्र अधिकारीलाई सम्पादनतर्फ ‘स्पेशल अवार्ड’ दिइएको थियो । त्यस्तै ‘न्यानो बस्ती’का निर्देशक दण्डबहादुर अधिकारी र मेकअप आर्टिस्ट अनिमेश गुरुङले पनि अवार्ड पाएका थिए ।

त्यस्तै उमा बेबी गिरी, निर्देशक आकाश अधिकारी, छायांकार राजेश खड्का, पुरुषोत्तम पराजुली, मोडल जानकी कुँवर, मेकअप आर्टिस्टहरु नारायण भट्टराई, सुनिता मरासैनी, निशा राना, पप गायक सुरज पौडेल र निर्देशक कुमार आचार्यले ‘जुरी अवार्ड’ पाएका थिए । ‘पपुलर च्वाईस अवार्ड’ भने मिलन नेवार, गीता शाह र भीष्मराज फुलाराले जिते ।

कार्यक्रममा अभिनेता सरोज खनाल र गायिका मञ्जु थापालाई ‘राष्ट्रिय व्यक्तित्व कलाकार सम्मान’, गीतकार डीआर उपाध्याय, खलपात्र तुलसीप्रसाद श्रेष्ठ, अभिनेता पुष्टबहादुर घिमिरे, गायिका विद्या तिवारी, मिक्सर मनोज परियार र सम्पादक नहकुल खड्कालाई ‘राष्ट्रिय कलाकार सम्मान’, युवा उद्यमी नवराज श्रेष्ठलाई ‘उद्यमी सम्मान’ र निर्देशक उत्तमप्रसाद अधिकारीलाई ‘कार्यक्रम व्यवस्थापक सम्मान’ प्रदान गरिएको थियो ।

पत्रकारितार्फ पत्रकार लक्ष्मण सुवेदीलाई नगद राशीसहित ‘सर्वोत्कृष्ट चलचित्र पत्रकार २०७७’ बाट पुरस्कृत गरिएको थियो भने डब्बु क्षेत्री, विष्णु सुवेदी, कुवेर गिरी, नेमिष गौतम र गोपीकृष्ण चापागाईंलाई ‘राष्ट्रिय पत्रकारिता सम्मान’ प्रदान गरिएको थियो ।

यसैगरी छायाँकार जीवन पराजुली, फिल्म निर्देशक मदन घिमिरे, संगीतकार राजु सिंह, छायाँकार रविचन्द्र कोइराला र बरिष्ठ संचारकर्मीर सरोज ओझालाई ‘जुरी सर्टिफिकेट’ दिइएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु