• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    आजदेखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई कोरोनाविरुद्धको फाइजर खोप लगाइने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ कार्तिक २०७८, आईतवार ०७:३९

    काठमाडौं, कार्तिक २८ । आजदेखि १२ वर्षभन्दा माथिका दीर्घरोगीलाई कोरोनाविरुद्धको फाइजर खोप लगाइने भएको छ । आजदेखि मंसिर ४ गतेसम्म यो खोपको पहिलो मात्रा लगाइन लागेको हो। यो खोपको दोस्रो मात्रा मंसिर २७ देखि पौष २ गतेसम्म दिईने छ ।

    कोभ्याक्स सुविधामार्फत आएको फाइजर खोप देशभरका २४ वटा अस्पतालबाट लगाईने छ । लक्षित दीर्घरोगीले खोप लगाउन जाँदा उपचार गराइरहेको अस्पताल वा चिकित्सकले जारी गरेको उपचारसम्बन्धी पुर्जा अनिवार्य लैजानुपर्ने छ।

    सरकारले तोकेका देशभरका खोपकेन्द्रहरु
    – गंगालाल हृदयरोग केन्द्र (काठमाडौं)
    – शिक्षण अस्पताल (काठमाडौं)
    – वीर अस्पताल (काठमाडौं)
    – निजामती कर्मचारी अस्पताल (काठमाडौं)
    – वीरेन्द्र सैनिक अस्पताल (काठमाडौं)
    – पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (ललितपुर)
    – भक्तपुर क्यान्सर अस्पताल (भक्तपुर)
    – मानव अंग प्रत्यारोपण केन्द्र (भक्तपुर)
    – मेची अञ्चल अस्पताल (भद्रपुर)
    – बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान)
    – कोसी अञ्चल अस्पताल (विराटनगर)
    – गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान (राजविराज)
    – नारायणी अञ्चल अस्पताल (वीरगन्ज)
    – जनकपुर प्रादेशिक अस्पताल (जनकपुर)
    – बिपी कोइराला क्यान्सर अस्पताल (भरतपुर)
    – धुलिखेल अस्पताल (धुलिखेल)
    – पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पोखरा)
    – धौलागिरि अस्पताल (बाग्लुङ)
    – लुम्बिनी प्रादेशिक अस्पताल (बुटवल)
    – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (दाङ)
    – भेरी अस्पताल (नेपालगन्ज)
    – कर्णाली प्रदेश अस्पताल (सुर्खेत)
    – सेती प्रादेशिक अस्पताल (धनगढी)
    – डडेल्धुरा अस्पताल (अमरगढी)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु