• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    गहुँ छर्ने सिजनमै सरकारी कम्पनीको मल भण्डार रित्तिने क्रममा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ कार्तिक २०७८, आईतवार ०७:५३

    काठमाडौं, कार्तिक २८। गहुँ छर्ने सिजनमै सरकारी कम्पनीको मल भण्डार रित्तिने क्रममा छ । हिउँदेबाली गहुँ र तरकारीखेतीका लागि करीब १ लाख २५ हजार मेट्रिकटन रासायनिक मलको आवश्यकता पर्ने भए पनि सरकारी अनुदानको मल विक्री गर्दै आएका दुई सरकारी कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि सामग्री कम्पनी लिमिटेडसँग मलको भण्डार निकै न्यून छ ।

    कर्पोरेशनसँग मलको मौज्दात शून्य छ भने कृषि सामग्रीसँग करीब साढे १५ हजार मेट्रिकटन मात्र मलको मौज्दात छ । गहुँबालीका लागि किसानलाई डीएपी मलको आवश्यकता पर्छ । तर, कृषि सामग्रीसँग ३ सय मेट्रिकटन मात्रै डीएपी मल मौज्दात छ भने युरिया मल पनि १५ हजार मेट्रिकटन मात्रै मौज्दात रहको बताइएको छ ।

    साल्ट ट्रेडिङका प्रवक्ता कुमारराज भण्डारीले मलको भण्डारण रित्तिने क्रममा भए पनि मल बाटोमा आउने क्रममा रहेकाले अभाव हुन नदिने प्रयास भइरहेको बताए । उनका अनुसार साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीको २५ हजार मेट्रिकटन युरिया र २५ हजार मेट्रिकटन डीएपी बाटोमा आयातको क्रममा रहेको छ । सरकारी कम्पनीसँग मलको मौज्दात रित्तिने क्रममा भएपछि किसानलाई मलको अभाव भोग्नु परिरहेको छ । धानबाली भित्र्याएर गहुँ छर्ने चटारोमा रहेका किसान मल नपाएर छटपटाइरहेका छन् ।

    विशेषगरी यतिबेला तराईका जिल्लामा गहुँ छर्ने काम धमाधम शुरू भइसकेको आजको आर्थिक अभियान दैनिकमा खवर छ

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु