• जातीय र धार्मिक द्धन्द्धबाट देशलाई बचाउन धर्मगुरुहरुको भूमिका महत्वपूर्ण हुनेमा सबै एकमत

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ कार्तिक २०७८, आईतवार १८:५०

    काठमाडौं । विभिन्न धर्मका गुरुहरुले शान्ति स्थापनामा धर्मगुरुहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
    आइतबार अन्तरधार्मिक शान्ति महासंघको आयोजनामा ललितपुरमा भएको ‘सामाजिक सद्भाव र शान्ति प्रवद्र्धनका लागि धर्मगुरुहरुबीच राष्ट्रस्तरीय अन्तरसांस्कृतिक संवाद कार्यक्रम’ मा सहभागी वक्ताहरुले सबैको धर्म र संस्कृतिको सम्मान गरेर जान सकेमात्र समाजको विकास सम्भव हुनेमा जोड दिए । उनीहरुले धर्म र संस्कृति मान्न पाउने मानिसको मौलिक अधिकार भएकाले कसैले पनि हनन गर्न नहुने स्पष्ट पारेका थिए । सबै जातजाति र धर्म समुदायका गुरुहरुको उपस्थिति रहेको कार्यक्रममा द्धन्द्ध विशेषज्ञ शोभाकर बुढाथोकीले विभिन्न देशमा धर्मका कारण युद्ध भएको र त्यस्तो अवस्थामा धर्मगुरुहरुले युद्ध रोक्न भूमिका खेलेको उदाहरण प्रस्तुत गरे ।
    कार्यक्रमको सहजीकरण गर्दै बुढाथोकीले नेपालमा पनि धार्मिक र सांस्कृतिक द्धन्द्ध बढ्दै गरेकाले समाजमा सकारत्मक चेतना दिनु आवश्यक रहेको बताए । महासंघका महासचिव महेन्द्र भट्टराइले धर्म र समुदायबीच द्धन्द्ध हुँदा धेरै देशहरु संकटमा परेको भन्दै त्यो खतराबाट बचाउन सबै नेपालीबीच एकताको भावनाको विकास गराउनका लागि कार्यक्रमको आयोजना गरिएको बताए । महासंघले विभिन्न समयमा यस्तै छलफल र अन्तरक्रिया गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु