दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काँग्रेस महाधिवेशन प्रतिनिधीमा सानुकाजी प्रजापतिले उम्मेद्वारी दिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ कार्तिक २९ गते, सोमबार ८:४२

काठमाडौँ, २९ कात्तिक । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ६ को महाधिवेशन प्रतिनिधी (आदिवासी जनजाती तर्फ) सानुकाजी प्रजापतिले उम्मेद्वारी दिने हुनुभएको छ ।

पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आगामी मंसीर ६ गते हुन लागेको क्षेत्रीय अधिवेशनमा टोखा ९ गोँगबु निवासी प्रजापतिले उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । यसभन्दा पहिले नेपाली काँग्रेस टोखाको वडा कार्यसमितिमा बसेर काम गरिसक्नुभएका प्रजापति विगत २४ वर्षदेखि काँग्रेसमा आवद्ध हुँदै आउनुभएको छ ।

विगत २७ वर्षदेखि नेपालको यातायात क्षेत्रमा लाग्नुभएका प्रजापति सामाखुशी यातायात प्रालि एवम् दिगो सार्वजनिक यातायात कम्पनी प्रालिका अध्यक्षसमेत हुनुहुन्छ ।

देशभरको यातायात व्यवसायीहरुको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय उपाध्यक्षसमेत भइसक्नुभएका उहाँ नेपाली काँग्रेस निकट नेपाल प्रजातान्त्रिक यातायात व्यवसायी महासङ्घका केन्द्रीय सदस्य हुनुहुन्छ ।

विपी कोइरालाले अवलम्बन गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारालाई मूर्त रुप दिई मुलुकको आर्थिक विकासका लागि आफुले महाधिवेशन प्रतिनिधीमा उम्मेद्वारी दिन लागेको प्रजापतिले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु