• महाधिवेशन प्रतिनिधिमा युवा नेता सुवेदीको उम्मेदवारी घोषणा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार २०:४१

    काठमाडौँ, २९ कात्तिक । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ३ को महाधिवेशन प्रतिनिधी (खुला तर्फ) कुमारराज सुवेदीले उम्मेद्वारी दिने हुनुभएको छ ।

    पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आगामी मंसीर ६ गते हुन लागेको क्षेत्रीय अधिवेशनमा गोकर्नेश्वोर नगरपालिका ५ जोरपाटी निवासी सुवेदीले उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो । २०४६ सालदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा रहेका सुवेदीले तत्कालीन जोरपाटी इकाईको पहिलो निर्वाचित सभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन ।

    हाल उनी पार्टीको निति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको विज्ञ सदस्य हुन् । राजनीतिसँगै समाजसेवामा पनि उत्तिकै सक्रिय सुवेदीलाई राजधानीको पूर्वी भेगमा मानवअधिकार तथा समाजसेवाको क्षेत्रका अग्रणीको रूपमा लिइन्छ ।विश्वको सबैभन्दा ठूलो स्वयंसेवी संस्था लायन्स क्लब इन्टरनेशनल नेपालको डिस्ट्रिक्ट गभर्नर रहिसकेका सुवेदी मानवअधिकार तथा शान्ति समाजको केन्द्रीय महासचिव समेत भइसक्नु भएको छ ।

    वाणिज्य शास्त्रमा स्नातक सुवेदी हाल नेपाल भलिवल संघको केन्द्रीय उपाध्यक्ष सहित अन्य थुप्रै सामाजिक संघ संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ । राजनीति सहित समाजसेवामा उत्तिकै क्रियाशील सुवेदी जत्तिको पात्रलाई राष्ट्रिय राजनीतिमै स्थापित गराउन महाधिवेशन प्रतिनिधिमा जिताउनुको विकल्प नरहेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रीय प्रतिनिधिहरू बताउँछन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु