दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चलचित्र “जीवन काँडा कि फूल” को अमेरिकामा च्यारिटी शो हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ कार्तिक ३० गते, मंगलवार १२:५२

काठमाडौ ।साहित्यकार झमक कुमारी घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्रको अमेरिकामा च्यारिटी शो हुने भएको छ । हामी नेपाली ग्लोबल अमेरिकाको आयोजनामा अमेरिकाको बिभिन्न शहरहरुमा च्यारिटी शो हुन लागको हो । गरिब बालबालिकाहरुलाई सहयोग गर्ने उदेश्य सहित अमेरिकामा पहिलो च्यारिटी शो नोभेम्बर २४ तारिकमा हुने हामी नेपाली ग्लोबल अमेरिकाका अध्यक्ष अमृत लामा बताएका छन् ।

साहित्यकार घिमिरेको जीवनमा आधारित पुस्तकलाई चलचित्रमा विनोद विष्टले निर्माण तथा निर्देशन गरेका छन् । यो कृतिले घिमिरेलाई मदन पुरस्कार पनि प्राप्त गराएको छ । चलचित्रमा झमक सानो छँदाको भूमिकामा सिलगुडीकी अवस्था थापा र ठूला हुँदाको भूमिका काठमाडौंकी रोजिता बुद्धचार्यले अभिनय गरेका छन् । त्यस्तै झमकको बहिनीको भूमिकामा बालकलाकारमा स्वीकृति शर्मा र ठूलो हुँदा सारिका घिमिरे, बुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी, हजुरआमाको भूमिकामा मेनुका प्रधानलगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ ।

झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा रहेको चलचित्रमा झमक र प्रकाश शिवाकोटीको गीत रहेको छ । प्रकाशकै संगीत रहेको गीतमा जुनु गौतम, सविता गजमेर, मीना निरौलाको स्वर रहेको छ भने नृत्य निर्देशक कमल राई रहेका छन् । शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’ को सम्पादन, रीता बलामी र विमला तामाङको मेकअप रहेको यो चलचित्रको सह-निर्माता बद्री चौहान, उमेश सुवेदी र जुनु गौतम रहेका छन् ।

विष्टले यसअघि ‘प्रेम प्रतीक्षा’, संग्राम’ र ‘म कसरी भनुँ’ जस्ता चलचित्र निर्माण र निर्देशन गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु