• युरोपेली मुलुकबाट मेडिकल अन्कोलोजिष्ट डा. अरुण शाहीलाई मान्यता प्राप्तनेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदैForget Imaginary Heavenशिल्पीको “ठुला माछा – साना माछा” को बालाजु वाईपासमा प्रदर्शनीआज २०७८ मंसिर १८ गते, शनिवार, तपाईंको दिन कस्तो छ ? हेर्नुस् राशिफलराप्रपाको एजेण्डालाई देशव्यापी रुपमा लाने भन्दै केन्द्रीय सदस्यमा उठे देवेन्द्र प्रधानकार्कीको २ सय २५ किलोमिटर दौडप्रकाशको मिश्रित प्रदर्शनगोल्डेनगेटलाई सफलताराष्ट्रिय अपाङ्ग कोषको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको ३० औँ अन्तराष्ट्रिय दिवस सम्पन्न

    प्रशंसा र सुनिरा पहिलो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार १८:५१

    काठमाडौं, मंसिर १ गते ।
    नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडी

    काठमाडौं÷एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स डबल्समा बुधबार पहिलो भएका छन् ।
    नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा उक्त जोडीले नेपालकै जेनी खड्का र कर्मिस्था श्रेष्ठको जोडीलाई ६–२ र ६–० सोझो सेटमा सहजै पराजित गरे । त्यसै स्पर्धाको ब्वाइजमा नेपालका राजवीर प्रधान र दर्शिल श्रेष्ठको जोडीले नेपालका बोरिस अधिकारी र निशाद जोशीको जोडीलाई ४–६ ६–३ र १०–२ को सेटमा हराउदै फाइनलमा प्रवेश गरे ।
    सुनिरा गल्र्स सिंगल्समा पनि फाइनलमा पुग्न सफल भइन् । सुनिराले नेपालकी शिभाली गुरुङमाथि ६–२ र ६–३ को जित दर्ता गरिन् । सोही स्पर्धामा नेपालकी इभा अधिकारीले समृद्धि महर्जनलाई ४–६, ६–२ र ६–४ को सेटमा निराश पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिन् ।
    सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भइरहेको प्रतियोगिताको ब्वाइज सिंगल्समा भारतका सिद्धार्थ जिबुले नेपालका निश्चल कायश्थलाई ४–६, ६–३ र ७–५, नेपालका दर्शिल श्रेष्ठले नेपालका वृजेश अर्याललाई ४–६, ६–२ र ६–१ तथा नेपालका सक्षमविक्रम शाहले भारतका अमिर मुहम्मद खान मजारीलाई ६–४, ३–६ र ६–२ को सेटमा पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु