• दशैँ, तिहारको उपहार वाग्लेलाई, मोटरसाईकल प्रदान

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार २०:३२

    काठमाडौँ, १ मङ्सिर । काठमाडौँको नयाँ बसपार्कस्थित कान्तिपुर मलले सञ्चालन गरेको दशैँ तिहार योजनाको विजेता यमुना वाग्ले (काठमाडौँ) बन्नुभएको छ ।

    कान्तिपुल मल व्यवस्थापनले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर सञ्चालन घटस्थापनादेखि छठ पर्वसम्म सञ्चालन गरेको उपहार योजनामा आज लक्की ड्र मार्फत वाग्ले प्रथम हुनुभएको छ । प्रथम भएसँगै वाग्लेले यामाहा कम्पनीको १५० सिसिको मोटरसाइकल प्राप्त गर्नुभएको छ ।

    लक्की ड्र मार्फत दोस्रो विजेता चितवनको समिर भट्टराई हुनुभएको छ । दोस्रो भएसँगै भट्टराईले यामाहा कम्पनीको १२५ सिसिको स्कुटर प्राप्त गर्नुभयो । यस्तै, तेस्रो विजेता लमजुङको सरिता अधिकारी हुनुभएको छ । तेस्रो भएसँगै अधिकारीले ४२ इन्चको टिभी प्राप्त गर्नुभयो । चौँथो चन्द्रा खड्का हुनुभएको छ । उहाँले फ्रिज प्राप्त गर्नुभयो ।

    कान्तिपुर मलमा घटस्थापनदेखि छठसम्म रु एक हजारभन्दा बढी मूल्य बराबरको सामान खरीद गर्न आउने ग्राहकलाई लक्षित गरी सञ्चालन गरिएको उपहार योजनाअन्तर्गत १० जनालाई सान्वना पुरस्कार प्रदान गरिएको छ । सान्वना पुरस्कारमा घडी, रेडियो, आइरन, थर्मसलगायत सामाग्री छन् ।

    लक्की ड्र कार्यक्रममा कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाले कान्तिपुर मलले सबै वर्गलाई ग्राहकलाई लक्षित गरेर पसल सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । “धनीदेखि मध्यम वर्ग र न्यून आय भएका ग्राहकलाई लक्षित गरेर व्यापार व्यवसाय सञ्चालन गर्दै आएका छौँ,”– उहाँले भन्नुभयो ।

    घटस्थापनादेखि छठसम्म कान्तिपुर मलमा १८ हजार व्यक्तिले सामान खरिद गरेका थिए । दुई दशक पहिले स्थापना भएको कान्तिपुर मलमा २०० भन्दा बढी पसल रहेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु