कोरोना महामारी स्वास्थ्य चौकी तथा बिधालय स्वास्थ्य सामग्रीहरु वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर १ गते, बुधबार २०:३५

नमराज भट्ट
रौतहट, ०१ मङ्सिर २०७८

छाया नेपाल नामक संस्थाले रौतहटका विभिन्न कोभिड स्वास्थ्य चौकी तथा बिधालयहरूको लागि स्वास्थ्य सामग्री बितरण गरेको छ ।

जिल्लामा बढ्दो क्रममा रहेको कोरोना महामारी न्यूनीकरणका लागि प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छाया नेपालका कार्यकारी निर्देशक कमल थापाले जानकारी दिएको छ। सो संस्थाद्वारा रौतहट जिल्लाको परोहा नगरपालिकामा अन्तर्गत विधालय तथा स्वास्थ्य चौकीमा कोभिड रोकथामका लागि निम्न स्वास्थ्य सामग्री ४ थान वेड सेट , १४ थान स्पेह टंकी, २० थान पिपिसि सेट, २४० थान सेनिटाईजर, १४ बोरा बिलिक्क्ष पाउडर, को सामग्रीहरु वितरण गरिएको छ।

उक्त सामग्री बसन्तपटी स्वास्थ्य चौकी तथा बरथिङ सेन्टर, तेजापकड़ स्वास्थ्य चौकी तथा वरथिङ सेन्टर, श्री ब्राह्म ज्योति लौकाहा, श्री ओउम माध्यमिक विद्यालय नरकटिया, श्री माध्यमिक विद्यालय बसन्तपटी, श्री प्रा. वि नमनगरा, श्री प्रा. बि. विद्यालय भेडियाही स्कूल तथा स्वास्थ्य सामग्रीहरु वितरण गरिएको हो। हस्तान्तरण थापाले जानकारी दिए। ती स्वास्थ्य सामग्री स्वास्थ्य चौकी प्रमुख, प्रधानाध्यापक र छायाँ नेपाल को प्रोजेक्ट म्यानेजर निशान्त गौतमले हस्तान्तरण गरिएको थियो

सो अवसरमा बोल्दै गौतमले कोरोना एक महामारी भ‌एकाले यसलाई परास्त गर्न सरकार र जनस्तरबाट उत्तिकै पहल हुनुपर्नेमा जोड दिंदै संकटको बेला सबै मिलेर हातेमालो गर्दै अगाडी बढेमा मात्र सफलता पाइने बताए । कार्यक्रममा फिल्ड सुपरभाईजर राजेश साह, ललन चौरसीया लगायत उपस्थित भएका थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु