• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    नेपाल परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशन मंसिर ४ र ५ गते प्रज्ञा प्रतिष्ठानमा हुने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार ०६:३४

    काठमाडौँ –नेपाल परिवार दलले मंसिर ४ र ५ गते तेस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने भएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर काठमाण्डौंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा महाधिवेशन हुने परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले जानकारी दिएका हुन् । महाधिवेशनबाट परिवार दलमा एक अध्यक्ष, २ उपाध्यक्ष, २ महामन्त्री, ५ सह–महामन्त्री, एक कोषाध्यक्ष गरी जम्मा १०१ कार्यसमिति निर्वाचित हुने भएका छन् । कोरोना महामारीलाई ध्यान दिँदै मापदण्ड पालन गरेर भौतिक र अनलाइन दुवै तरिकाबाट महाधिवेशन सम्पन्न गर्ने दलले जनाएको छ ।
    परिवार दलका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले तेस्रो राष्ट्रिय महाधिवेशन को तयारी पुरा भएको जानकारी दिए । उनले ‘सबैखाले विभेदको अन्त्य गरौँ ः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नाराका साथ तेस्रो राष्ट्रिय महाधिवेशन गर्न लागेको पनि बताए । नेपाली समाजमा ठुला–ठुला परिवर्तन भएपनि राजनीतिक संस्कार परिवर्तन हुन नसकेको उनको भनाई थियो । ढकालले अहिले नेतृत्व गरिरहेका दलका नेताहरु पुरानै सोचबाट विचलित भएको बताए । सत्ता परिर्वतनले दललाई मात्र फाइदा हुने र जनतालाई फाइदा नहुने भन्दै उने आफ्नो दलले संस्कार नै परिवर्तन निर्माण गर्नुपर्छ भनेर अगाडि बढेको बताए । उनले अराजक राजनीतिले देशलाई बर्बादीतिर मात्र लैजाने पनि उल्लेख गरे ।
    ढकालले हिमाल, पहाड, तराई, धनी र गरिब सबैको प्रतिनिधित्व हुनेगरी सबैलाई समेट्न आफ्नो दलले खोजेको पनि सुनाए । उनले १२६ जनजाती र १२३ भाषाभाषीहरुलाई समेट्ने गरी परिवार दल अगाडी बढेको बताए । सबै राजनीतिक दलले सबै जनताहरुले अपनत्व महसुस गर्ने खालको विचार बोक्ुनपर्नेमा जोड दिए । संविधान निर्माणको कार्यमा पनि आफ्नो दल रातदिन खटेको बताए । उनले संविधानमा लेखिएको अनुसार दलहरु नगएको समेत आरोप लगाए । उनले नेपाल एक प्रकृतिको मात्र देश नभएको भन्दै सबैलाई समेट्न आफ्नो दल लागेको बताए ।

    उनले आफ्नो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाने निर्णय गरेको पनि सुनाए । उनले भने, ‘प्रत्यक्ष राष्ट्रपति नि हुन सक्छ, प्रधानमन्त्री पनि हुनसक्छ । प्रत्यक्ष निर्वाचित प्रणालीमा जाने फैसला गरेका छौ । त्यसलाई महाधिवेशनबाट पारित गर्नेछौ ।’ उनले निर्वाचनमा धेरै खर्च गर्न परिपाटी चलेको भन्दै अहिलेको निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने धारणा राखे । उनले भने,‘पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने र निम्न आय भएका नेपालीले पनि निर्वाचनमा भाग लिन पाउने वातावरण कायम गर्न परिवार दल लागेको छ ।’ उनले जातिय, भाषिय, लैगिक समानताको लागि यी सबैलाई एकरुपता दिन संविधानलाई केही समय फेरी ब्युँताएर संविधान सुधार आयोग गठन गरेर संशोधन गर्न पर्ने बताए । उनले आगामी निर्वाचनमा आफ्नो पार्टी सशक्त्त रुपमा अगाडी बढ्ने स्पष्ट पारे । महाधिवेशनमा सबै पार्टीका शिर्ष नेतालाई निम्तो दिएको जानकारी दिए । उनले भने, ‘हामीले सबै पार्टीका नेतृत्वलाई बोलाएका छौं ।’

    देशमा अर्थ व्यवस्था कमजोर भएको भन्दै राष्ट्रिय अर्थ व्यवस्थालाई बलियो बनाउन राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न समेत अध्यक्ष ढकालले माग गरे । नेतृत्व चयन कसरी गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने,‘आगामी महाधिवेसनमा सहमतीको आधारमा नयाँ नेतृत्व चयन गर्ने छौ यदि त्यसो नभएमा लोकतान्त्रिक विधिबाट चुनावमा जानेछौं ।’ पछिल्लो समयमा न्यायालयमा भएको समस्यालाई उनले विकृति, अनियमिता र उच्शृंखलताको संज्ञा दिए । न्यायालयमा प्रमुख दलका नेताहरुले तत्परता नदेखाउँदा ती दलको पनि संम्लग्नता रहेको होकी भन्ने आशंका लागेको बताए । दलहरु अहिले न्यायालयको विषयमा पानीमाथिको ओभानो बन्न खोजिरहेको समेत उनले आरोप लगाए । कार्यक्रमको संचालन विष्णु निश्चलले गरेका थिए । कार्यक्रममा केन्द्रीय प्रवक्ता सन्तोष कुमार पौडेलले प्रेस विज्ञप्ति पढेर सुनाएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु