• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    ड्रिम हाइ नेपाल प्रा. लि. को आयोजना पौष २३ मा मिडिया अवार्ड २०७८’हुदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार १०:४९

    काठमाडौं । नेपालमा पहिलो पटक मिडिया अवार्ड हुने भएको छ । ड्रिम हाइ नेपाल प्रा. लि. को आयोजना र नेपाल पत्रकार महासंघको सहकार्यमा हुने अवार्डको बुधबार राजधानीको होटल सोल्टीमा आयोजित एक कार्यक्रम मार्फत औपचारिक घोषणा गरियो ।

    नेपाल मिडिया अवार्ड २०७८’नाम दिइएको उक्त अवार्ड कुल २५ विधामा वितरण हुने आयोजकले जनाएको छ । ‘टेलिभिजन, छापा मिडिया, एफएम रेडियो र अनलाईन पत्रकारिता अन्तर्गत सञ्चार माध्यम र सञ्चारकर्मीहरुको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर सम्मान प्रदान गरिनेछ, आयोजक संस्थाका प्रवन्ध निर्देशक कमल जिसीले भने, ‘उल्लेखित विधा बाहेक भुगोलतर्फको सात प्रदेशबाट २,२ जनालाई सम्मान गरिनेछ भने नेपाली मिडियाको विकासक्रममा उल्लेख्य योगदान पुर्याउनु हुने दुई विशिष्ठ सञ्चारकर्मीलाई ‘लाइफटाइम एचिभमेन्ट’ सम्मान प्रदान गरिनेछ ।’

    नेपाल पत्रकार महासंघसँगको समन्वयमा महासंघका पुर्व अध्यक्षसहित सञ्चार विज्ञसहितको ५ सदस्यीय निर्णायक टिमले सम्मानित सञ्चारकर्मीहरुको छनोट गर्ने आयोजकले बताएको छ । कार्यक्रममा पत्रकार महासंघ सचिव पवन आचार्यले सञ्चारकर्मीहरुको कामलाई सम्मान गर्ने र हौसला दिने यो प्रकारको काममा महासंघ सहकार्य गर्न पाएको भन्दै खुशी व्यक्त गरे ।पौष २३ मा आयोजना हुने उक्त अवार्ड समारोहको घोषणा कार्यक्रममा शुभकामना दिन वरिष्ठ सञ्चारकर्मी ऋषि धमला, वरिष्ठ सञ्चारकर्मी तथा फिल्म निर्देशक दिनेश डिसी,नेपाली फिल्म अभिनेता रमेश उप्रेती लगायत पत्रकारितासँग प्रतिनिधित्व गर्ने दर्जनबढि संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु उपस्थित थिए ।

    कार्यक्रममा प्रायोजक कम्पनि ‘ब्ल्याकहर्स सूज इन्डष्ट्रिज प्रा.लि. र जोय पपैया नेपालसँग आयोजकले प्रायोजन सम्झौता समेत गर्यो । आयोजकको तर्फबाट ड्रिम हाइ नेपालका प्रवन्ध निर्देशक जिसीले ब्ल्याक हर्स सूजका चीनबहादुर श्रेष्ठ र जोय पपैया नेपालका कन्ट्री म्यानेजर मदन रौनियारसँग सम्झौता आदान प्रदान गरेका थिए ।अवार्ड समारोहलाई निष्पक्ष र विवादरहित बनाउने मुल उद्देश्य रहेको भन्दै सञ्चारकर्मीहरुको श्रम सम्मानमा हुन लागेको यो प्रकारको कार्यक्रममा साथ सहयोग र सद्भावको अपेक्षा आयोजकले व्यक्त गरेको छ ।

    नेपाल मिडिया अवार्ड २०७८’ का विधाहरुः

    nepal media award 2078 categories

    ‘NEPAL MEDIA AWARD 2078’

    ALL CATEGORIES:

    Television

    News category

    Best Television Anchor/News Reader
    Best News Channel
    Best talk Show
    Best Reporter

    Non News Category

    Best Program
    Best Program Producer
    Best Anchor/Program Presenter
    Best Journalist Award (Human Stories)

    Male
    Female
    Online Journalism

    Best Online News Portal
    Best Online on use of Multimedia
    Best Comprehensive Online News Portal
    Best Online Reporter
    Radio/F M

    Best Radio Station
    Best Radio Jockey
    Male

    Female

    Journalist Of The Year

    Best opinion Writer
    Best Photo Journalist
    Best Cartoonist
    Best Entertainment Journalist
    Best Health Journalist
    Best Political Journalist
    Best Sports Journalist
    Best Social Journalist
    Best Economic Journalist

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु