• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    काँग्रेस केन्द्रीय सदस्यमा लड्न लागेका राजेन्द्र बजगाई को हुन् ?

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार १२:११

    काठमाडौँ, २ मङ्सिर । नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा राजेन्द्र बजगाईले उम्मेद्वारी दिने हुनुभएको छ ।

    पार्टीको मंसीर २४ देखि २६ गतेसम्म हुन लागेको १४ औँ महाधिवेशनमा बजगाईले खुला तर्फको केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिन लाग्नुभएको हो । गोरखा क्षेत्र नं १ बाट लगातार तीन पटक महाधिवेशन प्रतिनिधी एवम् महासमिति सदस्य निर्वाचित हुनुभएका बजगाई काँग्रेसमा चर्चित युवा नेता हुनुहुन्छ ।

    विस २०७२ सालमा सम्पन्न पार्टीको १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्नुभएका उहाँले त्यसबखत कुनै कुनै टिममा नपर्दापनि ४०० भन्दा बढी मत प्राप्त गर्नुभएको थियो । विस २०७४ साल मंसीरमा सम्पन्न प्रदेश सभा निर्वाचमा गोरखा क्षेत्र नं १ को प्रदेशमा पराजित बजगाईँले ‘विकासका लागि राजनीति’ को नारालाई अगाडि बढाउँदै आउनुभएको छ ।

    काँग्रेस केन्द्रीय कार्यसमितिमा रहेर विदेशीएको नेपाली श्रम शक्तिलाई स्वदेशमा नै रोजगार प्रदान गर्ने उदेश्यले केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिन लागेको उहाँले बताउनुभयो । “काँग्रेसमार्फत मुलुकको आर्थिक सुधार मेरो मुख्य लक्ष्य हो,”– उहाँले भन्नुभयो ।

    को हुन् बजगाई ?

    विस २०३० वैशाख २८ गते बुबा थीरप्रसाद र आमा धनकुमारी बजगाईँको सन्तान्तका रुपमा गोरखाको साविक मसेल गाविस (हालः भीमसेन गाउँपालिका) वडा नं १ मसेलमा जन्मनुभएका बजगाई विद्यार्थी कालदेखि नै नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन नेविसंघमा आवद्ध हुनुभयो ।

    दुर्लभ माध्यामिक विद्यालय भीमसेनमा एसएलसीसम्मको अध्ययन पुरा गर्नुभएका बजगाई स्कूल तहदेखि नै नेविसंघको राजनीतिमा होमिनुभयो । काठमाडौँ आएपछि रत्नराज्य लक्ष्मी क्याम्पसमा नेविसंघको राजनीति गर्नुभएको थियो । उहाँ आरआर क्याम्पसको नेविसङ्घको इकाई सदस्यसमेत हुनुहुन्थ्यो ।

    फूपाजु नन्दलाल बोहोराको प्रेरणाबाट काँग्रेस र प्रजातन्त्र रक्षाका लागि लाग्नुभएका बजगाई विस २०४६ सालको आन्दोलनमा विद्यार्थीको अग्र मोर्चामा रहेर आन्दोलनको नेतृत्व गर्नुभएको थियो । नेपाल विद्यार्थी सङ्घ गोरखा–काठमाडौँ सम्पर्क समितिका उपाध्यक्षको भूमिका निर्वाह गरिसक्नुभएका बजगाई विस २०४८ सालदेखि पार्टीको क्रियाशिल सदस्य हुनुहुन्छ ।

    फूपाजु बोहोरा काँग्रेस संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको अंगरक्षक एवम् काँग्रेस गोरखाको संस्थापक सभापति समेत हुनुभयो ।

    पछिल्लो समय होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिजम विषय अध्ययन गर्नुभएका बजगाई गोर्खा इन्काउण्टर ट्रेकिङ कम्पनीको संस्थापक समेत हुनुहुन्छ । विगत २७ वर्षदेखि पर्यटन क्षेत्रमा आवद्ध बजगाई ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल (टान)का पूर्व महासचिव समेत हुनुहुन्छ ।

    नेपालको पर्यटनमार्फत विदेशी लगानी भित्र्याएर देशको विकासमा लाग्नुभएका बजगाईले टानको महासचिव हुँदा सगरमाथा आधार शिविरमा मन्त्रिपरिषद्को ऐतिहासिक बैठक सफल पार्नसमेत महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

    बजगाईले जलवायु परिवर्तनको प्रभावबाट नेपालको हिमाल संरक्षणका लागि विश्व समुदायको ध्यान आकृष्ट पार्ने उदेश्यले कालापत्थरदेखि कोपेनहेगनसम्मको अभियानअन्तर्गत विस २०६६ मंसीर १९ गते शुक्रबार सगरमाथा आधार शिविर कालापत्थरमा मन्त्रीपरिषद्को ऐतिहासिक बैठक राखेर सफल पार्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु