• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    पछिल्लो २४ घण्टामा गरिएको ११ हजार १५१ नमुना परीक्षणमा २९९ कोरोना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार १६:२९

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २९९ कोरोना संक्रमित थपिएका छन् ।

    पछिल्लो २४ घण्टामा गरिएको ११ हजार १५१ नमुना परीक्षणमा २९९ कोरोना संक्रमित थपिएका हुन् ।पछिल्लो २४ घण्टामा थपिएका २९९ कोरोना संक्रमितसँगै हालसम्म संक्रमित हुनेको संख्या ९ लाख १३ हजार ५५७ पुगेको छ ।

    त्यसैगरी पछिल्लो २४ घण्टामा निको भएका २६० जना कोरोना संक्रमितसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ९९ हजार १७६ पुगेको छ ।
    त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ज्यान गुमाएका ६ जनासँगै नेपालमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४८९ पुगेको छ ।

    हाल देशैभरी ७ हजार ६४२ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ७ हजार १६९ जना होम आइसोलेशन र ४७३ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।

    त्यसैगरी हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा २२४ जना र भेन्टिलेटरमा ६० जनाको उपचार भइरहेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेखछ ।

    नेपालमा हालसम्म १ करोड ६७ लाख ९ हजार ६६२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ती मध्ये ८९ लाख ९६ हजार २५३ जनाले पहिलो मात्रा र ७७ लाख १३ हजार ४०९ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । पछिल्लो २४ घण्टामा ७१ हजार ८९२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु