• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    कांग्रेसको महाधिवेशन प्रतिनिधिमा झापा ५ बाट निरौलाको दाबी

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ मंसिर २०७८, बिहीबार १९:४३

    झापा । नेपाली कांग्रेसको भइरहेको १४ औं महाधिवेशनमा झापाको क्षेत्र नम्बर ५ बाट देविभक्त निरौलाले दाबी गरेका छन् ।
    लामो समयसम्म कांग्रेसको राजनीति गरेर पार्टीको लागि धेरै दुःख गरेका निरौला स्थानीय स्तरमा मात्र नभएर केन्द्रमा पनि शैक्षिक व्यक्तित्व भनेर चिनिन्छन् । अझै पनि शिक्षण गर्दै आएका उनले खस आर्य कोटामा दाबी गरेका हुन् । ‘अरुभन्दा पार्टीमा कम योगदान छ भन्ने मलाई लाग्दैन, पार्टीलाई कसरी अघि बढाउनुपर्छ भन्ने दृष्टिकोण मसँग छ’ उनले भने ‘ मतदाताहरुले मतदान गर्नुहुन्छ भन्ने मलाई विश्वास छ, उहाँहरुको मतको सम्मान गर्ने छु ।’ उनले आफू महाधिवेशन प्रतिनिधि भएपछि आफ्नो ठाउँबाट कांग्रेसलाई गतिशील र चलायमान बनाउने पनि स्पष्ट पारेका छन् ।
    शिक्षण पेशाका क्रममा उनले सक्रिय राजनीति नगरे पनि पेशागत संघ संगठनमा बसेर महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । दमक नगरपालिका ३ बाट सम्मानजनक मत ल्याएर क्षेत्रिय प्रतिनिधि चुनिएका निरौला शैक्षिक तथा वौैद्धिक व्यक्तित्वका रुपमा चिनिन्छन् । नेपाल शिक्षक संघको दमक नगर समिति, क्षेत्रीय समिति क्षेत्र नम्वर ५ को अध्यक्ष हुँदै हाल केन्द्रीय महाधिवेशन प्रतिनिधिसमेत रहेका निरौलाले आफ्ना शुभचिन्तक र पार्टीका स्थानीय नेतृत्वहरुसँगको परामर्श र छलफलपछि आफू उम्मेदवारका रुपमा उभिने निधो गरेका हुन् । ‘म हचुवाको भरमा प्रतिनिधि बन्न खोजेको होइन, पटक पटक भएको छलफलमा साथीहरुले तपाइजत्तिको मान्छे प्रतिनिधि बन्नुपर्छ भनेपछि अघि बढेँ’ उनले भने ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु