दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पार्टीको ध्यान आगामी निर्वाचन जिताउन केन्द्रित गर्नुपर्छ : सहमहामन्त्री डा. महत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर ३ गते, शुक्रबार १६:२१

काठमाडौं, ३ मंसिर । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले महाधिवेशनपछि पार्टीको समग्र ध्यान आगामी निर्वाचन जिताउन केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।

आगामी बर्ष स्थानीय तह,प्रदेश सभा र संघीय संसदको प्रतिनिधिसभाको निर्वाचन हुँदैछ ।नेपाली कांग्रेसको १४ औं महाधिवेशनको क्रममा आज काठमाडौं क्षेत्र नं ५ को प्रदेश “क” र “ख”का प्रदेश सभा क्षेत्रीय अधिवेशनलाई प्रमुख अतिथिको रुपमा संबोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

नेपाली कांग्रेसको काठमाडौं क्षेत्र नं ५ को प्रदेश “क” को प्रदेश सभा अधिवेशन विशाल मिलन केन्द्रमा भैरहेको छ भने प्रदेश “ख” को अधिवेशन अनुप्रस्थ पार्टी प्यालेसमा भैरहेको छ ।
सहमहामन्त्री डा.महतले पार्टीको आन्तरिक निर्वाचनमा भरसक सहमतिमा नेतृत्व चयन भए अझ राम्रो हुने उल्लेख गर्दै भन्नुभयो, “यो पार्टीको अधिवेशन हो । नेतृत्वका लागि हामीबीच प्रतिस्पर्धा भैरहेको छ । तर हामीले निर्वाचनमा वास्तविक प्रतिस्पर्धा त अन्य राजनीतिक दलसंग गर्नुपर्दछ । तसर्थ निर्वाचनमा सहभागी हुने सम्पूर्ण साथीहरु लगायत निर्वाचित हुने प्रदेश समितिले आफ्नो सम्पूर्ण ध्यान आउने निर्वाचनमा पार्टीलाई जिताउन लगाउनु पर्दछ ।”

सहमहामन्त्री डा.महतले नेपाली कांग्रेसको १४ औं महाधिवेशनका क्रममा विभिन्न तहको नेतृत्वका लागि प्रतिस्पर्धा गर्नुभएका प्रतिनिधिहरुलाई संबोधन गर्दै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई खेलको जसरी सहज रुपमा लिन आग्रह गर्दै भन्नुभयो, “निर्वाचनको परिणाम आएपछि पनि प्रतिस्पर्धी साथीहरुबीच रहेको सद्भाव र एकता पूर्ववत रहनु पर्दछ । अझ सौहार्द र घनिष्ठ बन्नुपर्दछ । यो निर्वाचनको नतिजा आएपछि कुनै तिक्तता र रिक्तता नरहोस् ।”

उहाँले १४ औं महाधिवेशनका क्रममा नेपाली कांग्रेसका क्रियाशील सदस्य, भातृसंगठनका सदस्य,शुभेच्छुक,समर्थक र मतदाताहरुमा देखिएको उत्साहलाई पार्टीको उर्जाको रुपमा लिएको बताउदै यसले आफूलाई ठूलो प्रेरणा दिएको पनि बताउनु भयो ।

नेपाली कांग्रेसको १४ महाधिवेशनको क्रममा आज देशभरका ४६ जिल्लामा प्रदेशसभा क्षेत्रीय अधिवेशन हुँदैछ ।

महाधिवेशनको क्रममा मंसिर ६ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । त्यस्तै एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरुको जिल्ला अधिवेशन मंसिर १० गते हुँदैछ भने प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुँदैछ ।
केही हिमाली जिल्लाहरुमा जिल्ला अधिवेशन सम्पन्न भैसकेको छ ।

नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशन यही मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु