
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २९६ कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ९७२ नमुना परीक्षणमा २९६ कोरोना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा थपिएका २९६ कोरोना संक्रमितसँगै हालसम्म संक्रमित हुनेको संख्या ९ लाख १३ हजार ८५३ पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा निको भएका ३६९ जना कोरोना संक्रमितसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ९९ हजार ५४५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ज्यान गुमाएका ५ जनासँगै नेपालमा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४९४ पुगेको छ ।
हाल देशैभरी ७ हजार ५४९ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ७ हजार ६० जना होम आइसोलेशन र २३१ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।
त्यसैगरी हाल देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा २३१ जना र भेन्टिलेटरमा ५६ जनाको उपचार भइरहेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेखछ ।
नेपालमा हालसम्म १ करोड ६८ लाख ८३ हजार १६० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ती मध्ये ९० लाख ८१ हजार ६५४ जनाले पहिलो मात्रा र ७८ लाख १ हजार ५०६ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । पछिल्लो २४ घण्टामा १ लाख ७३ हजार ४९८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।


