• बालबालिकाको सिकाई प्रक्रियामा सूचना संचार तथा प्रविधिको प्रयोग सम्वन्धि तालिम सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार २०:०१

    ललितपुर । ६ विद्यालयका १२ जना शिक्षकहरुको लागि ३ दिने बालबालिकाको सिकाई प्रक्रियामा सूचना संचार तथा प्रविधिको प्रयोग सम्वन्धि तालिम सम्पन्न भएको छ।

    गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा लेले सामुदायिक विकास केन्द्र ललितपुर द्वारा संचालित सामुदायिक विकास परियोजनाको कार्यक्षेत्र ललितपुर जिल्लाको गोदावरी नगरपालिका र काठमाडौँ जिल्ला तारकेश्वोर नगरपालिकाको ६ विद्यालयका १२ जना शिक्षकरुको लागि ३ दिने बालबालिकाको सिकाई प्रक्रियामा सूचना संचार तथा प्रविधिको प्रयोग सम्वन्धि तालिम मंसिर १ गते शुरूवात भई ३ गते सम्पन्न भएको हो ।

    उक्त तालिमको सहजीकरण गुड नेवर्स इन्टरनेशनल नेपालका दिपक पौडेलले गर्नु भएको थियो ।उदयखार्क मा.बि गोदावरी-१०, ललितपुर का प्रधानाध्यापक एबं तालिमका सहभागीले तालिमको बिषयबस्तु अति नै सान्दर्भिक रहेको बताउनु भएको छ ।

    वहाँले यस्ता तालिम स्थानीय सरकारले पनि संचालन गरेमा अझै प्रवाहकारी हुने बताउनु भयो । तालिममा सिकेका बिषयबस्तुलाई बिद्यालयमा प्रयोगमा ल्याउन प्राबिधिक सहयोगलाई निरन्तरता प्रदान गर्ने कुरा सहयोगी सस्था गुड नेवर्स इन्टरनेशनल नेपाल तथा आयोजक सस्था लेले सामुदायिक विकास केन्द्रललितपुर जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु