• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    वीर अस्पतालमा उपचार गराउन अब मोबाइलबाटै टिकट लिन मिल्ने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार २२:३७

    नमराज भट्ट

    काठमाडौं ३, मंसिर २०७८

    वीर अस्पतालमा उपचार गराउन अब मोबाइलबाट नै टिकट लिन पाइने भएको छ।

    वीर अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बहादुर बस्नेतले शुक्रबारदेखि मोबाइल एप मार्फत टिकट लिन मिल्ने व्यवस्था भएको जानकारी दिनुभयो।

    डा. बस्नेतका अनुसार अब वीर अस्पतालमा स्वास्थ्य सेवा लिन एप मार्फत टिकट काटेमा अस्पताल पुगेर टोकन र टिकटको लाइनमा बस्न नपर्ने भएको छ। त्यसका लागि बिरामीले अस्पतालको एप ‘वीर हस्पिटल’ आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्ने हुन्छ। सो एपमा गएर आफूले कुन सेवा लिन चाहेको हो रोजेर टिकट लिन सकिने छ।

    यसरी टिकट लिएर इसेवा वा खल्ती मार्फत टिकट शुल्क तिरेपछि बिरामीले अस्पतालमा पुगेर सिधै ओपिडीमा सेवा लिन जान पाउनेछन ‌।

    डा. बस्नेतका अनुसार अस्पतालले यसअघि नै ल्याब रिपोर्टहरु अनलाइन मार्फत नै हेर्न मिल्ने व्यवस्था समेत गरिसकेको छ।

    वीर अस्पताललाई डिजिटलाइज गर्ने उद्देश्यले अनलाइन मार्फत सेवाहरु सञ्चालन गरिएको डा. बस्नेतको भनाइ छ।

    डा. बस्नेतले अनलाइन मार्फत टिकट लिन बिरामीलाई सहज होस् भनेर अस्पतालको टिकट काउन्टर नजिकै अनलाइन टिकट कसरी लिने भनेर सिकाउन सहयोगी समेत राखेको जानकारी दिए।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु