• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    सक्षम र सुनिरालाई स्वर्ण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार ०६:४७

    काठमाडौं, मंसिर ३ गते ।
    नेपालका सक्षमविक्रम शाह र सुनिरा थापाले काठमाडौं÷एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन् ।
    सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा सक्षमले भारतका सिद्धार्थ जिबुलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । नेपालका दर्शिल श्रेष्ठ र आयुशमान हजुर घले तेश्रो भए ।
    नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स फाइनलमा सुनिराले नेपालकी प्रशंसा मोक्तानलाई ६–१ र ६–२ को सीधा सेटमा हराए । नेपालकी शिभाली गुरुङ तथा नेपालकी इभा अधिकारीले तेश्रो स्थानमा चित्त बुझाए ।
    त्यसअघि डबल्सको ब्वाइजमा नेपालका सक्षमविक्रम शाह र आयुशमान हजुर घले तथा गल्र्समा सुनिरा थापा र प्रशंसा मोक्तानको जोडी पहिलो भएका थिए ।
    विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, उपाध्यक्ष केशवराज पाण्डे र महासचिव मनोहरदास मुलले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगिताअन्तर्गत सर्किट– २ का खेलहरु सोमबारदेखि सुरु हुने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु