• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    नेपाली कांग्रेसको प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशनबाट कतिपय क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार ०७:०७

    काठमाडौं, मंसिर ४ । नेपाली कांग्रेसको प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशनबाट कतिपय क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने अधिकांश क्षेत्रमा निर्वाचनबाट नेतृत्व छनोट गरिएको छ । कतिपय स्थानको मतपरिणाम प्राप्त भइसकेको छ भने केही क्षेत्रमा शनिबारबाट अधिवेशन सुुरु हुँदैछ ।

    सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ६१ जिल्लामा शुक्रबार प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन सुरु भएको हो । कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालका अनुसार ओखलढुङ्गा, सिन्धुपाल्चोक, रसुवा र सर्लाहीबाहेकका जिल्लामा जारी अधिवेशनबाट नेतृत्व चयन भइरहेको छ ।

    उनल भने, ‘‘चार जिल्लाबाहेक अन्य सबै जिल्लामा प्रदेश सभा अधिवेशन भइरहेको छ, केही क्षेत्रमा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको जानकारी आएको छ, अन्य सबैजसो क्षेत्रमा मतदानमार्फत नेतृत्व चयन भइरहेको छ ।’’
    सचिव रिजालले काँग्रेसको साङ्गठानिक संरचना ठूलो भएको र नेतृत्वका लागि योग्य प्रतिस्पर्धीहरू धेरै भएकाले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन भएको बताए । उनले पहिलो पटक प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेकाले नेतृत्व पङ्क्तिदेखि कार्यकर्ता र शुभचिन्तकसम्ममा व्यापक उत्साह रहेको बताए ।

    प्रदेश सभाको अधिवेशन हुन बाँकी रहेका काठमाडौं, भक्तपुर र ललितपुरसहित पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर, झापा, मोरङ, सुनसरी, सिन्धुली, काभ्रे, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, बागलुङ, नवलपुर, रुपन्देही, कपिलवस्तु, पाल्पा,अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान, दाङ, बर्दिया, रुकुम (पश्चिम), सल्यान, जाजरकोट, दैलेख, डोटी, अछाम, बैतडी, डडेलधुरा र कञ्चनपुरमा अधिवेशन भइरहेको छ । गोरखापत्र दैनिकबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु