• एनआरएनएको स्थगित निर्वचन डिसेम्बर १५ मा हुने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार ०७:५६

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्वाचन र महाधिवेशनको नयाँ मिति तोकेको छ । संघको स्थगित निर्वचन मंसिर २९ गते (डिसेम्बर १५) मा हुने भएको छ । अध्यक्ष कुमार पन्तले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त मितिमा अनलाइनमार्फत नयाँ नेतृत्वका लागि चुनाव हुने जनाएका हुन् ।

    यसअघि स्थगित भएको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन आगामी डिसेम्बर १९ र २० (पुस ४ र ५ गते) काठमाडौंमा भौतिकरुपमा हुने भएको छ ।

    महाधिवेशन प्रतिनिधिहरुको सूची निर्वाचन समितिलाई शुक्रबार नै बुझाइएको अध्यक्ष पन्तले जानकारी दिए । संघको निर्वाचनको लागि तयारीमा जुट्न निर्वाचन समिति तथा सबै महाधिवेशन प्रतिनिधिलाई समेत आग्रह गरिएको छ ।

    यसअघि केही मुलुकको समन्वय समितिको चुनावमा धाँधली भएको भन्दै परेको उजुरीमा परराष्ट्र मन्त्रालयले तत्काल चुनाव नगर्न भन्दै एनआरएनएलाई परिपत्र गरेको थियो । आगामी कार्यत्रकालका लागि कूल आचार्य, डा बद्री केसी, र रविना थापाले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

    यस्तो छ प्रेस विज्ञप्ति

    गत महिनाको लागि तय गरिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन परराष्ट्र मन्त्रालयको परिपत्र अनुरुप स्थगित भएको सर्वविदितै छ ।

    विश्वभरि फैलिएका गैरआवासीय नेपालीहरुले उत्साहका साथ तयारी गरिरहेको संघको महाधिवेशन तथा अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को निर्वाचन प्रक्रिया स्थगित गर्न परराष्ट्र मन्त्रालयबाट १० सेप्टेम्बरमा पत्र प्राप्त भएपछि मन्त्रालय र संघबीच पटक पटक औपचारिक तथा अनौपचारिक छलफल भएका छन् ।

    केहि समय अगाडि म समेत संलग्न भएको बार्तामा परराष्ट्र मन्त्री डा. नारायण खड्कासंग परराष्ट्र मन्त्रालयमा संघको महाविधेशनको बारेमा घनिभूत छलफल भएको थियो । संघले मन्त्रालय समक्ष महाधिवेशन तथा विश्व सम्मेलनको बारेमा प्राप्त असहमतिका बारेमा आफ्नो मार्गचित्र समेत प्रस्तुत गरेको थियो ।

    संघले प्रस्तुत गरेको मार्गचित्रमा माननीय मन्त्री ज्यूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र संघका विभिन्न बैठकले गरेका औपचारिक निर्णयहरुको आधारमा १० औा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी डिसेम्बर १९ र २० मा अयोजना गरिनेछ तथा संघको नयाा कार्यसमितिको नेतृत्वको लागि निर्वाचन डिसेम्बर १५ तारिखका दिन तोकिएको जानकारी गराइन्छ । महाधिवेशन प्रतिनिधिहरुको सूची निर्वाचन समितिलाई आजै बुझाईने छ ।संघको निर्वाचनको लागि सम्पूर्ण तयारीमा जुट्न निर्वाचन समिति तथा सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गर्दछौा ।

    धन्यवाद ।

    कुमार पन्त,
    अध्यक्ष, गैरआवासीय नेपाली संघ
    १९ नोभेम्बर, २०२१ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु