• युरोपेली मुलुकबाट मेडिकल अन्कोलोजिष्ट डा. अरुण शाहीलाई मान्यता प्राप्तनेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदैForget Imaginary Heavenशिल्पीको “ठुला माछा – साना माछा” को बालाजु वाईपासमा प्रदर्शनीआज २०७८ मंसिर १८ गते, शनिवार, तपाईंको दिन कस्तो छ ? हेर्नुस् राशिफलराप्रपाको एजेण्डालाई देशव्यापी रुपमा लाने भन्दै केन्द्रीय सदस्यमा उठे देवेन्द्र प्रधानकार्कीको २ सय २५ किलोमिटर दौडप्रकाशको मिश्रित प्रदर्शनगोल्डेनगेटलाई सफलताराष्ट्रिय अपाङ्ग कोषको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको ३० औँ अन्तराष्ट्रिय दिवस सम्पन्न

    थप २४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ४४४ संक्रमणमुक्त

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार १८:०३

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १४५ जनाको पीसीआर परीक्षणबाट २०९ जना र २ हजार ९९१ जनाको एन्टिजेन परीक्षणबाट ३३ जना गरी कूल २४२ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना पोजेटिभ हुनेको संख्या पीसीआरबाट ८ लाख १८ हजार ७८७ जना र एन्टीजेनबाट ९५ हजार ३०८ जना गरी कूल ९ लाख १४ हजार ९५ जना रहेका छन् । त्यसमध्ये डिस्चार्ज हुनेको कुल संख्या ७ लाख ९९ हजार ९८९ जना पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ४९५ जना पुगेको छ । यसैगरी, ७ हजार ३०३ जना सक्रिय संक्रमित रहेका छन् ।

    मन्त्रालयका अनुसार हालसम्ममा कोभिड–१९ विरुद्धको खोप पहिलो मात्रा लगाउनेको संख्या ९१ लाख ९ हजार ६६६ जना र दोस्रो मात्रा लगाउनेको संख्या ७८ लाख ७६ हजार ७०३ जना रहेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप ४४४ जना कोरोना संक्रमणमुक्त देखिएपछि डिस्चार्ज भएका छन् ।पछिल्लो २४ घण्टामा ४४४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै ७ लाख ९९ हजार ९८९ जना स्वास्थ्योपचार पछि निको भएर घर फर्किएका छन् ।

    नेपालमा पछिल्लो २४ घण्टामा थप २४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु