• युरोपेली मुलुकबाट मेडिकल अन्कोलोजिष्ट डा. अरुण शाहीलाई मान्यता प्राप्तनेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदैForget Imaginary Heavenशिल्पीको “ठुला माछा – साना माछा” को बालाजु वाईपासमा प्रदर्शनीआज २०७८ मंसिर १८ गते, शनिवार, तपाईंको दिन कस्तो छ ? हेर्नुस् राशिफलराप्रपाको एजेण्डालाई देशव्यापी रुपमा लाने भन्दै केन्द्रीय सदस्यमा उठे देवेन्द्र प्रधानकार्कीको २ सय २५ किलोमिटर दौडप्रकाशको मिश्रित प्रदर्शनगोल्डेनगेटलाई सफलताराष्ट्रिय अपाङ्ग कोषको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको ३० औँ अन्तराष्ट्रिय दिवस सम्पन्न

    दोस्रो देउराली कप खुला कराते पुषमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार १८:४८

    काठमाडौं, मंसिर ४– दोस्रो देउराली कप स्वर्गीय भीम चन्द ठकुरी स्मृति खुला कराते प्रतियोगिता आगामी पुषको दोस्रो सातादेखि हुने भएको छ ।

    नेपाल सितोरियो कराते संघ देउराली डोजोको आयोजनामा आगामी पुष ९ र १० गते दोस्रो देउराली कप भीम चन्द ठकुरी स्मृति खुला कराते प्रतियोगिता हुन लागेको हो । डोजोको स्थापना कालदेखि नै सहयोगका साथै विभिन्न माध्यमबाट स्थानीय क्षेत्रमा योगदान पु¥याउँदै आएका भीम चन्द ठकुरीको स्मृतिमा दोस्रो संस्करण आयोजना गरिने नेपाल सितोरियो कराते संघ देउराली डोजोका अध्यक्ष राजेश जोशीले जानकारी दिए । भीम चन्द ठकुरीकै सक्रियतामा डोजोको स्थापना समेत भएको थियो । उनी सहिद दशरथ चन्दका भतिज हुन् ।
    काठमाडौं महानगरपालिका–३१ मा बस्दै आएका भीम चन्दको गत वर्ष निधन भएको थियो । उक्त प्रतियोगिता नयाँ बानेश्वरस्थित भीमसेनगोला माध्यमिक विद्यालयमा हुनेछ । उक्त विद्यालयमा उनकै सक्रियतामा खेलकुदका लागि अक्षय कोष खडा भएको थियो । त्यसैले उनकै सम्झना देउराली डोजोले दोस्रो संस्करण गर्न लागेको भीमसेनगोला माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका राजेश जोशीले बताए । प्रतियोगितामा फाइट र काता गरी कुल २५ स्वर्ण पदकका लागि खेलाडीले चुनौती प्रस्तुत गर्नेछन् ।
    काताअन्तर्गत टिम र व्यक्तिगततर्पm (महिला र पुरुष) प्रतिस्पर्धा हुनेछन् । पुरुष फाइटमा २० केजीमुनि, २५ केजीमुनि, ३० केजीमुनि, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि र ६५ केजीमाथि तौलसमूहसम्म प्रतिस्पर्धा हुनेछन् । महिलातर्पm २० केजी, २५ केजीमुनि, ३० केजी, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि, ५५ केजीमुनि, ६० केजीमुनि र ६१ केजीमाथि तौलसमूहमा खेलाडीले प्रतिस्र्धा गर्दैछन् ।
    प्रतियोगिताका विजेताले नगद पुरस्कारका साथै टिम च्याम्पियनको ट्रफी प्राप्त गर्नेछ । त्यसैगरी दोस्रो र तेस्रोले पनि नगद पुरस्कार र ट्रफी प्रदान गर्ने आयोजकले जनाएको छ । सोही प्रतियोगिताको उद्घाटनका अवसरमा श्रष्टा सम्मान पनि गरिने डोजोका अध्यक्ष जोशीले बताए । डोजोको स्थापनाकालदेखि सहयोग पु¥याएका र विभिन्न क्षेत्रमा योगदान पु¥याउने स्थानीय व्यक्तित्वलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु